काठमाडौं, कात्तिक १२।
सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना भएको छ । आज बिहान अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको हो । ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।
उनका अनुसार हेलिकोप्टरमा यात्रु थिएनन् । पाइलटको उद्धार गरिएको पाण्डेले जानकारी दिइन् ।काठमाडौंबाट उद्धारका लागि गएको हेलिकोप्टर दुर्घटना भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)