अमेरिका,कार्तिक ९ ।
अमेरिकन सोसाईटी अफ सिभिल ईन्जिनियर्सले प्रदान गर्ने ईन्जिनियर अफ द ईयर २०२५ सूर्य भण्डारी घोषित भएका छन् । लामो समयदेखि टेक्ससको डलासमा बस्दैं आएका उनी अमेरिकन सोसाईटी अफ सिभिल ईन्जिनियर्सको डलास शाखाले प्रदान गर्ने सो अवार्डवाट सम्मानित भएका हुन् ।
नेपाल चितवनको माडी निवासी भण्डारी नेपालमा रहँदा पनि ईन्जिनियरिङ पेशामै सक्रिय रहेका थिए ।
१५ वर्ष देखि टेक्ससमा बस्दैं आएका उनी एक प्रतिष्ठित पूर्वाधार निर्माण कम्पनीमा सहायक प्रबन्धकको रुपमा कार्यरत छन् ।
लायन्स ईन्टरनेशनलमा पनि सक्रिय उनी डलास एभरेष्ट लायन्स क्लबका पूर्व अध्यक्ष पनि हुन् ।
लायन अफ द ईयर २०२४ समेत भएका भण्डारी सामाजिक सेवामा पनि उक्तिकैं सत्रिय छन् । ईन्जिनियर अफ ईयर बनेका भण्डारी सोही संस्थाको प्रेसिडेन्ट इलेक्ट पनि चुनिएका छन् । यसैगरी, आउटस्ट्याण्डिङ स्टुडेन्ड अवार्ड निशा स्थापितले प्राप्त गरेकी छन् ।
उनले मास्टर अफ साईन्स ईन सिभिल ईन्जिनियरिङ गरेकी छन् । अमेरिकामा रहेका सिभिल ईन्जिनियरहरुको संस्थाले हरेक सिटीको पूर्वाधार निर्माणको कार्यमा महत्वपूर्ण भूमिका खेल्दैं आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)