बुटवल,असोज २९ ।
राधाकृष्ण अमर कृतन मन्दिर राधाकृष्ण टोल बुटवल ५ को ६५ औँ बार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
मन्दिरका अध्यक्ष अरूणकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको स्वामिनारायण मुक्तिनाथ धाम बुटवल १२ का प्रमुख संरक्षक लोकानन्द स्वामिले उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै स्वामि लोकानन्दले ब्रम्हको पार गर्नेवाला श्रीकृष्ण भगवान् मात्रै भएको उहाले बताउनुभयो ।उहाले श्रीकृष्णले नै सबैलाइ पार लगाउने र मुक्ति दिलाउने अवतार भएको बताउनुभयो । कार्यक्रममा बिशिष्ट ब्याक्तिहरुलाइ दोसल्ला,सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा न ५ का वडाध्यक्ष हरि श्रेष्ठ,समाजसेवी जीवन ओझा,प्राध्यापक डाक्टर बाबुराम ज्ञवाली,चिरञ्जिबी जोशी, सोही मन्दिरका नया अध्यक्ष शर्मिला जोशी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको संचालन सचिव अमुल्य थैवले गर्नुभएको थियो । राधाकृष्ण अमर कृतन मन्दिर बुटवलकै पुरानो मन्दिर मानिन्छ । अधिवेशनले शर्मिला जोशीको अध्यक्षतामा ३ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)