बुटवल,माघ २०-
त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानले बीएस्सी फरेस्ट्रीमा अनलाइन आवेदन आव्हान गरेको छ ।
मंगलबारदेखि आवेदन खुलेको संस्थानका डिन डा. वीरबहादुर खनाल क्षेत्रीले जानकारी दिए । संस्थानले पोखरा क्याम्पसमा ८० र हेटौंडा क्याम्पसमा ८० सिटका लागि भर्ना आव्हान गरेको हो ।
७ चैतमा साता प्रवेश परीक्षा सञ्चालन हुने र वैशाखदेखि पढाइ सञ्चालन हुने डिन कार्यालयले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)