Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

हमासको आक्रमणबाट मृत्यु भएका विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरु

हमासको आक्रमणबाट मृत्यु भएका विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरु

  • 1.1K
    SHARES

  • हमासको आक्रमणबाट मृत्यु भएका विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरु

    काठमाडौँ,असाेज २८ ।

    हमासको आक्रमणबाट मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । 

    परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले मंगलबार इजरायलका परराष्ट्र मन्त्रालयका महानिर्देशक बार तालसँग टेलिफोन वार्ता गरेका छन् । 

    सो वार्ताको क्रममा महानिर्देशक बारले हमासको कब्जामा रहेको जोशीको निधन भएको र उनको शव पहिचान भइसकेको जानकारी गराउँदै जोशीको शव नेपाल पठाउने प्रक्रिया सुरु भएको जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    हमासले विपिन जोशीको शव असोज २७ गते रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेपछि तेल अविवस्थित फरेन्सिकमा शव पहिचान भएको इजराइलस्थित नेपाल दूतावासले जानकारी गराएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    नेपाल सरकारले विगत दुई वर्षदेखि विपिन जोशीको सकुशल रिहाइका लागि कूटनीतिक तहमा निरन्तर प्रयास गर्दै आएको थियो । तर इजरायल र हमासबिच युद्ध विरामपछि २०२५ अक्टोबर १३ मा भएको भर्चुअल बैठकमार्फत इजरायली अधिकारीहरूले जोशी रिहा हुने बन्दीहरूको सूचीमा नरहेको र उनको अवस्था अज्ञात रहेको जानकारी दिएका थिए ।

    शव नेपाल ल्याइसकेपछि उनको मृत्युका कारण र परिस्थितिको सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन तथा परिवारले पाउनुपर्ने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा र अन्य सुविधाका लागि आवश्यक पहल जारी राखिने मन्त्रालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology