Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

रूपन्देहीमा देउसी भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने,प्रशासनले प्रहरी परिचालन गर्ने !

रूपन्देहीमा देउसी भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने,प्रशासनले प्रहरी परिचालन गर्ने !

  • 1.2K
    SHARES

  • रूपन्देहीमा देउसी भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने,प्रशासनले प्रहरी परिचालन गर्ने !

    बुटवल,असोज २८ ।

    रुपन्देहीमा देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । तिहार सुरु भएपछि खेलिने देउसी भैलो खेल्ने क्रममा मापसे गरेको पाइए कानून अनुसार कारवाही पनि हुने भएको छ ।
    रुपन्देही जिल्ला सुरक्षा समितिको बैठकले देउसी भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने र देउसी भैलोमा सहभागीहरुले मादक पदार्थ सेवन गर्न नपाउने निर्णय गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले तिहार लक्षित अपराध हुन र शान्ति सुरक्षा खलबलिन नदिन यस्तो गरेको बताए । जेन जी आन्दोलनपछि उत्पन्न परिस्थिति अनुसार समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिन रुपन्देही प्रशासनले चाडपर्व लक्षित सुरक्षा योजना बनाई जिल्लाका १६ वटै पालिकामा परिपत्र समेत गरिसकेको छ ।
    सुरक्षा योजना आइतबारदेखि शुरु भई छठको अर्को दिनसम्म लागू हुने छ । सुरक्षा योजना अनुसार रुपन्देहीका १६ वटै पालिकामा सादा पोशाकमा पर्याप्त प्रहरी खटाउने, सुरक्षा निकायले गस्ती बढाउने छ ।

    छठ घाटहरुको स्थान निर्धारण गरी तारबार र डोरी टांगेर दुर्घटनाबाट सुरक्षित बनाउने निर्णय प्रशासनले गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, आश्विन २८ २०८२०७:५९:०२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology