Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

लुम्बिनी नेत्रालय प्रालिद्वारा बुटवलमा शाखा बिस्तार,आंखा उपचारमा सहज हुने

लुम्बिनी नेत्रालय प्रालिद्वारा बुटवलमा शाखा बिस्तार,आंखा उपचारमा सहज हुने

  • 1.4K
    SHARES

  • लुम्बिनी नेत्रालय प्रालिद्वारा बुटवलमा शाखा बिस्तार,आंखा उपचारमा सहज हुने

    बुटवल,असोज २७ ।

    दुइ दशकदेखि रुपन्देहीको भैरहवाबाट सेवा दिइरहेको लुम्बिनी नेत्रालय प्रालिले बुटवलमा शाखा बिस्तार गरेको छ । बुटवलको पुष्पलाल पार्कमा शाखा बिस्तार गरिएको छ ।

    शाखा बिस्तारको क्रममा एक हप्ताका लागि निशुल्क सस्थ्य शिबिर समेत चलाइएको म्यानेजिङ डाइरेक्टर हिरा शाहले बताउनुभयो ।

    बुटवलमा पत्रकार सम्मेलन गर्दै नेत्रालयले आफुहरुले बिशिष्टकृत सेवा दिनका लागि सेवा बिस्तार गरेको बताउनुभयो । उहाले स्थापनाको २० बर्षको दौरानमा लाखौले सेवा पाएको स्मरण गर्दै आखाको उपचारका लागि ६०% भारतिय नागरिक आउने गरेको समेत बताउनुभयो ।

    उहाले अब कपिलबस्तुको कृष्णनगर,लुम्बिनी,सुनौलि गेटमा पनि सेवा बिस्तार हुने बताउनुभयो ।

    सो अवसरमा चिफ मेडिकल डाइरेक्टर डा सन्तोष सुवेदीले यसक्षेत्रमै अत्याधुनिक मेसिन र प्रविधिका साथमा सेवा दिइरहेको बताउदै बुटवलमा सेवा बिस्तारले लुम्बिनी प्रदेशका सबै नागरिक र आखाका बिरामीहरुले सहज र सरल उपचार पाउने बताउनुभयो ।

    डेपुटी डाइरेक्टर अनिल शेरचनले आफुहरुको सेवा प्रवाहले सबैले सकारात्मक सल्लाह सुझाव दिएको भन्दै अझै राम्रो सेवा प्रदान गर्नका लागि लागि रहने प्रतिबद्धता जनाउनुभयो ।

    कार्यक्रममा,नानी रोग बिशेषज्ञ डा ज्योति सापकोटाले आँखाको नानी सबैभन्दा महत्वपूर्ण रहेको बताउनुभयो । ३ करोड लगानीमा बिस्तार गरिएको शाखामा  आरओपी रेटिना ,बिशेषज्ञ डाक्टरसहितको सुविधा समेत छ ।

    रेटिनाको बिहिबार,नानी प्रत्यारोपण शुक्रबार,१ गते कार्तिक शनिबार जलबिन्दु परिक्षण गरिने छ भने शुभारम्भको अवसरमा जाच फि, तथा ५०% डिस्काउन्ट दिइएको छ ।नेत्रालयमा ६५ जनाको टिम रोजगारी पाएका छन् ।IMG_7948.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology