काठमाडौँ , असोज २६।
यही असोज २८ गतेदेखि तिहार फ्लोरा एक्स्पो सुरु हुने भएको छ । नर्सरी व्यवसायी सङ्घ नेपालले उक्त एक्स्पो सञ्चालन गर्न लागेको हो । एक्स्पोको प्रवर्द्धक पुष्प विकास केन्द्र र वनस्पति विभाग रहेको छ । मेलामा विभिन्न प्रजातिका फूल गमला तथा मनमोहक आकर्षक फूल
लगायत कृषि प्रयोजनमा, ज्योतिको नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विभिन्न प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरणका लागि राखिने छ । मेलामा ७० वटा स्टल रहनेछन् । यस मेलामा ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै ५० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।
मेलो अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति रु १०० र ज्येष्ठ नागरिकको लागि प्रति व्यक्ति रु ५० विद्यार्थीहरूको लागि निःशुल्क रहनेछ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)