Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अनेरास्ववियुले काठमाडौंका मेयर बालेन्द्र र जेनजी अगुवा सुधनविरुद्ध दिएको किटानी जाहेरी

अनेरास्ववियुले काठमाडौंका मेयर बालेन्द्र र जेनजी अगुवा सुधनविरुद्ध दिएको किटानी जाहेरी

  • 744
    SHARES

  • अनेरास्ववियुले काठमाडौंका मेयर बालेन्द्र र जेनजी अगुवा सुधनविरुद्ध दिएको किटानी जाहेरी

    काठमाडौँ,असोज २१ ।

    नेकपा (एमाले) निकट अनेरास्ववियुले काठमाडौंका मेयर बालेन्द्र शाह र जेनजी अगुवा सुदन गुरुङ (सुधन) विरुद्ध दिएको किटानी जाहेरी प्रहरीले बुझेको छ। 

    भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नता रहेको भन्दै एमाले अखिलले मेयर बालेन्द्र र हामी नेपालका संस्थापक सुदनविरुद्ध काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी दिएको हो। 

    प्रहरीले जाहेरी बुझेको र सरकारी वकिलसँग छलफल गरेर दर्ता गर्ने नगर्ने २४ घण्टाभित्र निर्णय लिने जानकारी दिएको अखिलका महासचिव दीपक धामीले बताए। मंगलबार अखिलका नेताहरू बालेन र सुधनलाई पक्राउ गर्नुपर्ने माग सहित किटानी जाहेरी लिएर काठमाडौं जिल्ला प्रहरी परिसर पुगेका हुन्। 

    गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायत राज्यका महत्त्वपूर्ण निकाय जलाउनमा बालेन र सुधनको हात रहेको उनीहरूको आरोप छ।

    यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सुधनको समूह प्रहरी परिसर पुगेको थियो भने सामाजिक सञ्जालमार्फत ओली र लेखकलाई पक्राउ गर्नुपर्ने दबाब दिइरहेको छ। त्यसैको प्रतिक्रिया स्वरुप एमाले अखिल प्रहरी कार्यालय पुगेको हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology