काठमाडौँ,असोज २० ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको धेरै स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट पनि असोज २० देखि मनसुन बाहिरिएको हो ।
महाशाखाले मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जनाएको छ । महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको पनि जनाएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)