Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

दिनेश खड्काको “नेपालीको मन” सार्वजनिक

दिनेश खड्काको “नेपालीको मन” सार्वजनिक

  • 3.5K
    SHARES

  • दिनेश खड्काको “नेपालीको मन” सार्वजनिक

    बुटवल,असोज १९।

    नेपालीहरूको महान पर्व विजया दशमीको अवसरमा गायक दिनेश खड्काले प्रेरणादायी गीत “नेपालीको मन” सार्वजनिक गरेका छन् । गीतलाई आधिकारिक रूपमा युट्युुव मार्फत सार्वजनिक गरिएको हाे। यो गीतले जेन जि आन्दोलनपछि  नेपाली समाजमा सद्भावना, आत्मबल, र सकारात्मक सोचको महत्वलाई उजागर गर्ने उद्देश्य राखेको छ।
    गीतको माध्यमबाट, वर्तमान सामाजिक र व्यक्तिगत चुनौतीहरूबीच पनि आशा र विश्वास कायम राख्नका लागि सबै नेपालीलाई प्रेरित गर्ने सन्देश प्रवाह गरिएको छ । गीतमा निराशालाई आशामा बदल्ने, आत्मबलको महत्व र देशप्रतिको मायालाई विशेष रुपमा उजागर गरिएको छ।

    गीतमा शब्द सृजना तथा गायन दिनेश खड्काको रहेको छ भने संगीत सृजना विजय सापकोटाले गर्नुुभएको छ । 
    गीतको संगीत संरचना र लय आधुनिक श्रोताहरूको रुचि अनुसार छ, भने शब्दहरूले भावनात्मक गहिराई प्रदान गरेको छ । गीतमा प्रयोग भएका धुन, ताल, र शब्दहरूले नेपाली जनमानसमा सकारात्मक सोच र उत्साह जगाउने प्रयास गरेको गायक खड्काले नागरिक अनलाइनलाइ बताए ।

    गीतको सार्वजनिक भएसँगै यसले नेपाली संगीत क्षेत्रमा नयाँ प्रेरणाको सृजनात्मक पहलको रुपमा चर्चा पाउने अपेक्षा गरिएको छ । टिम “नेपालीको मन” का अनुसार, यो गीतले केवल मनोरञ्जन मात्रै नभई सामाजिक सन्देश प्रवाह गर्ने र नेपाली जनमानसमा आत्मविश्वास र उत्साह थप्ने उद्देश्य राखेको छ ।

    हेरौँ भिडियो :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology