Logo बिहिवार, आश्विन १ गते २०८३
images

दुई दिनमा ४० जनाको मृत्यु, ११ जना बेपत्ता

दुई दिनमा ४० जनाको मृत्यु, ११ जना बेपत्ता

  • 843
    SHARES

  • दुई दिनमा ४० जनाको मृत्यु, ११ जना बेपत्ता

    काठमाडौँ,असोज १९।

    असोज १८ र १९ गते देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ४० जनाको मृत्यु भएको छ ।

    दुई दिनको अविरल वर्षाका कारण बाढी पहिरो, चट्याङ, गाडी दुर्घटना तथा खोलाले बगाउँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार सबैभन्दा बढी कोशी प्रदेशमा मानवीय क्षति भएको छ । उक्त प्रदेशको इलाममा मात्र बाढी पहिरोमा परी २८ जनाको मृत्यु भएको छ । 

    त्यस्तै उदयपुर, खोटाङ र पाँचथरमा नौ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता भएका छन् । त्यसैगरी मधेस प्रदेशको रौतहटमा ३ जनाको मृत्यु भएको र बारामा एक जना बेपत्ता रहेका छन् ।

    बागमतीको रसुवामा चार जना बेपत्ता र काठमाडौँमा १ जना बेपत्ता रहेका छन् । यो सहित बेपत्ताको संख्या ११ पुगेको छ ।saptakoshi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology