बुटवल,असोज १६ ।
नेपालीहरुको महान पर्व बडा दशैंको टीका लगाउने क्रम देशैभरी जारी रहेको छ।
बिहीबार बिहान ११ बजेर ५३ मिनेटको शुभ साइतमा आफूभन्दा ज्येष्ठबाट बडा दशैंको टीका लगाउन शुरु गरिएकोहो ।
साथै जमरा लगाउने र आशिर्वाद लिन शुरु गरिएको थियो। गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशिर्वाद लिइन्छ ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टिका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाकादिनमा वैदिक विधिपूर्वक राखिएको पहेंलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ ।
त्रेता युगमाआजकै दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यहीं समयदेखि बडा दशैंमनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।
आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयकोप्रतिकका रूपमा मनाइने विजयाको सबै भन्दा महत्वपूर्ण दिन हो । त्यसैले आजको दिनलाई विजयको प्रतिककारुपमा पनि लिइन्छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)