Logo बिहिवार, आश्विन १ गते २०८३
images

फेडोको आयाेजनामा तिलोत्तमामा १ हप्ते अचार बनाउने तालिम

फेडोको आयाेजनामा तिलोत्तमामा १ हप्ते अचार बनाउने तालिम

  • 4.8K
    SHARES

  • फेडोको आयाेजनामा तिलोत्तमामा १ हप्ते अचार बनाउने तालिम

    बुटवल, माघ १९- 

    रुपन्देहीको तिलोत्तमामा १ हप्ते अचार बनाउने तालिम  भएको छ ।

    करुणा जर्मनीको सहयोगमा दलित महिला संघ फेडो रुपन्देही ग्रिन तारा नेपाल र रिड नेपाललको संयुक्त साझेदारीमा कर्मठ बालिका दलित तथा सिमान्तकृत समुदायका बालिकाहरुको शैक्षिक उपलब्धी प्रवर्धन परियोजना अन्तरगत फेडोको आयोजनामा १ हप्ते अचार बनाउने तालिम सम्पन्न भएको हो ।

    तिलोत्तमा नगरपालिका ४ का २६ जना महिलाको सहभागितामा तालिम सञ्चालन गरिएको थियो । सोमबार एक कार्यक्रमको आयोजना गरि तालिमको समापन गरिएको हो ।

    समापन कार्यक्रममा बोल्दै तिलोत्तमा ४ अध्यक्ष दिवाकर खनालले तालिमले आयमा बृद्धि गर्ने बताउँदै यस्ता किसिमका तालिमहरु नियमित हुँदै जाने बताए ।

    उनले तालिम पश्चात उद्यमी बन्न चाहानेको लागि वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा प्रशिक्षक पार्वती गिरी सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरीन् । 

    समापन कार्यक्रममा बोल्दै फेडो रुपन्देही अध्यक्ष मनु खड्काले आफुहरुले जनचेतनामुलक कार्यक्रमहरु गर्दै जाने बताउँदै सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरीन् ।


    प्रशिक्षार्थीहरु माया बिक, सरस्वती अर्यालले बोल्दै सिपलाई आफुले व्यवहारमा उतार्ने बताउँदै यस्ता किसिमका तालिमहरु लाभदायक हुने बताए । 

    कार्यक्रममा अचार बनाउनको लागि आवश्यक पर्ने सामाग्रिहरु र बोतलहरु प्रशिक्षार्थिलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रम संयोजक साबि बिकको सञ्चालनमा तथा महेन्द्र दर्नालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology