Logo बिहिवार, आश्विन १ गते २०८३
images

नवघोषित कुमारी आर्यताराको आज कुमारीघरमा आसन ग्रहण हुने

नवघोषित कुमारी आर्यताराको आज कुमारीघरमा आसन ग्रहण हुने

  • 1.1K
    SHARES

  • नवघोषित कुमारी आर्यताराको आज कुमारीघरमा  आसन ग्रहण हुने

    काठमाडौं ,असोज १४।

    नवघोषित कुमारी आर्यतारा शाक्यको आज आसन ग्रहण गर्ने कार्यक्रम छ । कुमारीलाई जीवित देवीका रुपमा पूजाआजा गर्ने परम्परा रहेको छ ।

    कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चांग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारीका रुपमा आर्यतारालाई छनोट गरिएको समितिले जनाएको छ । 

    काठमाडौं इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारीघरमा आसन ग्रहण गराउने तयारी रहेको पूजारी गौतमरत्न शाक्यले बताउनुभयो । विशेष बाजागाजासहित आसन गराएपछि तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराइने पनि उहाँले बताउनुभयो । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले कुमारीको दर्शन गर्ने परम्परा छ।

    कुमारीलाई महालक्ष्मीको प्रतीकसमेत मानिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइन्छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, आश्विन १४ २०८२१०:०६:१२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology