बुटवल ,असोज ९ ।
लुम्बिनी वर्ल्ड स्कुलले चारदिने मोडेल युनाइटेड नेसन्स कार्यक्रम सम्पन्न गरिएको छ।
विद्यार्थीहरूमा कूटनीतिक र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यका साथ आयोजित यस कार्यक्रममा उनीहरूले विश्वव्यापीमुद्दाहरू, कूटनीतिक प्रक्रिया र अन्तर्राष्ट्रिय सम्बन्धबारे गहिरो ज्ञान हासिल गरे।
विद्यार्थीहरूले विभिन्नदेशका प्रतिनिधिको भूमिका निर्वाहगरी विश्व समुदायले भोग्नु परेका वास्तविक समस्याहरू जस्तै जलवायु परिवर्तन, मानव अधिकार, द्वन्द्व र आर्थिक विकास लगायतका विषयवस्तुको जानकारी दिई, त्यसको समाधानका प्रक्रिया र उपायहरूको बारेमा प्रतिस्पर्धात्मक रूपमा बहस गर्ने क्षमताको विकास गराउनका साथै छलफल, र वार्ताद्वारा निचोड निकाल्ने प्रक्रियामा अभ्यस्त गराउँछ।
यसले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमापनि सहभागिता जनाउँदै व्यवसायिक जीवनमा सक्षमतापूर्वक कार्य समाधान गर्ने नागरिकको रूपमा तयार गराउँदछ।भविष्यमाउनीहरूलाईकूटनीति, अन्तर्राष्ट्रियसम्बन्ध र सार्वजनिकनीतिकाक्षेत्रमाकामगर्नउत्प्रेरित गर्दछ।
पहिलो दिन उद्घाटन र एजेन्डा छनोटको उद्घाटन सत्रमा स्कुलका शैक्षिक निर्देशक डा. मीन प्रसाद खनालले स्वागत मन्तव्य राख्नुभयो । त्यसपछि, विद्यालयकी शिक्षिका तथा मोडेल युनाइटेड नेसन्सकी सहजकर्ता निम्मी अग्रवालले विद्यार्थीहरूलाई कार्यक्रमका नियम, भूमिका र उद्देश्यहरूबारे जानकारी दिनुभयो।
पहिलोदिन परिचय र एजेन्डा छनोटमा केन्द्रित थियो ।दोस्रोदिनस् सहकार्य र मस्यौदालेखन र तेस्रोदिनस् बहस र समीक्षा धये भने कार्यक्रममा ‘विश्वव्यापीद्वन्द्व र समाधान’ को विषयमा केन्द्रित रहेको यसप्रक्रियाले उनीहरूकोआलोचनात्मकसोच र सार्वजनिक रूपमा बोल्नेक्षमता मा निखार ल्याउने आशा कार्यक्रमका संयोजक तथा विद्यालयका शिक्षक सुजन कँडेलले व्यक्त गर्नुभयो।अन्तिमसत्र, पुरस्कारवितरण र समापन को बिद्यालयका प्रधानाध्यापक बिष्णुप्रसाद ढकालको धन्यवाद मन्तव्य रहेको थियो।
मोडेल युनाइटेड नेसन्स, जसलाई छोटकरीमा भनिन्छ, संयुक्त राष्ट्रसंघको वृहद् बैठक सञ्चालन हुने ढाँचाको एउटा शैक्षिक नक्कल हो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)