Logo बिहिवार, आश्विन १ गते २०८३
images

वडादशैँको अवसरमा क्यानन माविमा रक्तदान

वडादशैँको अवसरमा क्यानन माविमा रक्तदान

  • 7.1K
    SHARES

  • वडादशैँको अवसरमा क्यानन माविमा रक्तदान

    बुटवल,असोज ९ ।

    नेपालीहरुको महान पर्व वडादशैँको अवसरमा सम्भावित रगतको अभावलाई मध्यनजर गरी क्यानन माध्यमिक विद्यालय बुटवलले रक्तदान कार्यक्रम गरेको छ ।

    नेपाल नियमिति रक्तदाता संघ जिल्ला शाखा रुपन्देहीसँगको सहकार्यमा विद्यालय प्राङगणमा बुधबार रक्तदान गरिएको हो । सामाजिक अभियान्ता अर्जुन भुसालको बिशेष उपस्थितीमा रक्तदान कार्यक्रम गरिएको हो ।

    उक्त अवसरमा विद्यालयका प्राचार्य शंकर भण्डारीले नेपालमा दशैंको अवसरमा रगतको अभाव हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्न रक्तदान कार्यक्रम गरिएको बताए ।

    उनले कक्षा ११ र १२ का विद्यार्थीहरुलाई रक्तदानमा सहभागी गराउन प्रेरित गर्न समेत कार्यक्रम गरिएको बताए ।
    रक्तदान कार्यक्रमसँगै विद्यार्थीहरुलाई दशैंको अवसरमा शूभकामना प्रदान कार्यक्रम गरिएको विद्यालयका सहप्रचार्य विष्णु प्रसाद न्यौपानेले बताए ।

    कक्षा ११ र १२ का  ६० बढि विद्यार्थीहरुको परीक्षण गरिएकोमा २२ यूनिट रगत संकलन भएको प्लस टु संयोजक पवन बस्याललले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology