बुटवल, असोज ७ ।
प्राइम कमर्सियल बैंक लिमिटेडले स्थापनाको १९औँ वर्ष प्रवेशको अवसरमा रचनात्मक कार्यक्रमहरू गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगतका कार्यक्रमहरु गरेर आफ्नो स्थापना दिवस मनाएको हो ।
बैंकले मंगलबार लुम्बिनी प्रदेश कार्यालय बुटवल पाल्पारोड शाखामा रक्तदान कार्यक्रम गरेको हो । रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा बुटवलमा भएकोकार्यक्रममा ६३ युनिट रगत संकलन भएको भैरहवा शाखा प्रवन्धक बाबुराम अर्यालले जानकारी दिनुभयो।
बुटवलमा भएको कार्यक्रममा रक्तदान गर्नेहरुलाई प्रमाणपत्र प्रदान गर्दै बैंकका लुम्विनी प्रदेश कार्यालयकाप्रमुख कुशसुदन सिंहले रगतदान जीवनको महत्वपुर्ण कार्य भएको बताउनुभयो । उहाँले बैंकले वित्तीयकारोवारसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु पनि गर्दै आएको उल्लेख गर्दै वर्तमान समयमा देखिएकोरगतको अभावलाई पुर्ति गर्न बुटवलमा रक्तदान कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा लुम्विनी प्रदेशकार्यालय बुटवलमा गरिएको कार्यक्रममा प्रदेशभित्रका विभिन्न जिल्लाका कर्मचारी, ग्राहक तथा शुभेच्छुकहरुरक्तदान कार्यक्रममा सरिक भएको बताउनुभयो । काठमाण्डौ कमलपोखरीमा केन्द्रीय कार्यालय रहेको बैंककामुलुकभरीका १९३ शाखाहरुबाट सेवा प्रदान गर्दै आएको बैंकको होराइजन चोक शाखाका प्रवन्धक कपिल देवपन्थले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)