Logo बिहिवार, आश्विन १ गते २०८३
images

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलद्वारा पदभार ग्रहण

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलद्वारा पदभार ग्रहण

  • 1.8K
    SHARES

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलद्वारा पदभार ग्रहण

    काठमाडौँ, असोज ६ ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको आज राष्ट्रपतिकार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उहाँले पदभार ग्रहणगर्नुभएको हो

    पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमापाँच महिनाभित्र निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने पहिलो निर्णय गर्नुभएको मन्त्रालयका सहसचिव तथाप्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताउनुभयो  

    पदभार ग्रहण गर्नुभएपछि स्वागत कार्यक्रममा नवनियुक्त मन्त्रीखरेलले कर्मचारीलाई काम गर्ने क्रममा कुनै हस्तक्षेप नगर्ने बताउनुभयो देशको कर्मचारीतन्त्रलाई विश्वास गर्नचाहन्छु, यो महिनामा काममा कुनै हस्तक्षेप गर्दैन, देश जनतालाई केन्द्रमा राखेर काम गर्नुहोलाउहाँलेथप्नुभयो, “ महिनापछि सुखद विदाई हुन पाउँ, नेपालको कर्मचारीतन्त्र खतम भन्ने सन्देश होइन, सक्षम भन्ने सन्देश लिएर जान पाउँ ” 

    प्रधानमन्त्री सुशीला कार्कीले सुशासन कायम गर्ने प्रतिवद्धतासहित देशको जिम्मेवारी लिनुभएको त्यसमाआफूहरुले सहयोग गर्ने उहाँले बताउनुभयो नेपाललाई डिजिटल फ्रेमवर्क बनाउने यसअघिको सरकारकोयोजनालाई आफूले पनि अगाडि बढाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो

    युवा पुस्ताका लागि केही भए पनिराम्रो गर्न पाउँ भन्ने आफ्नो उद्देश्य रहेको बताउँदै उहाँले थप्नुभयो, “देशको महत्वपूर्ण ठाउँमा इन्टरनेटको निःशुल्कसेवा प्रदान गर्नेछौं इन्टरनेट पहुँच सबैसामु पुगाउन यो काम गर्नुपर्छ आजको यो दुई महिना भित्र निःशुल्कइन्टरनेट सेवा व्यवस्था भइसक्ने उहाँले बताउनुभयो  

    जीवनको यो २५ वर्षमा अरुलाई प्रश्न सोधेर विताएको चर्चागर्नुहुँदै सञ्चारमन्त्री खरेलले आफू अहिले जिम्मेवारीमा आएर जवाफ दिने ठाउँमा पुगेको बताउनुभयो आफूपत्रकारिताको पृष्ठभूमिबाट आएकाले देश बनाउन सबै पक्षको हातेमालोको आवश्यकता हुने बताउनुभयो

    नेपाली पत्रकारिताले देशको परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दैआएको अवको दिनमा पनि रचनात्मक भूमिकाखेल्नुपर्ने उहाँले बताउनुभयो  मन्त्रालयका सचिव राधिका अर्याल, सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमारठाकुरसहित मन्त्रालयका कर्मचारीले मन्त्री खरेललाई स्वागत गर्नुभएको थियो  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology