Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

जी ट्वाईन्टी फाईभ क्लवद्वारा बुटवलमा भेट्रान्स कप फुटबलको तयारी पुरा

जी ट्वाईन्टी फाईभ क्लवद्वारा बुटवलमा भेट्रान्स कप फुटबलको तयारी पुरा

  • 2.1K
    SHARES

  • जी ट्वाईन्टी फाईभ क्लवद्वारा बुटवलमा भेट्रान्स कप फुटबलको तयारी पुरा

    बुटवल,असोज ५ ।

    बुटवल- ११ मा रहेको जी ट्वाईन्टी फाईभ क्लवले वडा स्तरीय प्रथम जी–२५ सेभेन साईड भेट्रान्स कप फुटबल प्रतियोगिता गर्ने भएको छ । विजयादशमी तथा शुभ दिपावलीको पावन अवसरमा असोज ७ गते हुने भेट्रान्स फुटबलको सम्पूर्ण तयारी पुरा भएको क्लबका अध्यक्ष जगदीश न्यौपानेले बताए ।

    ‘स्वास्थ्यको लागी खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारासहित देविनगरस्थित एन्फा खेलमैदानमा हुने प्रतियोगितामा १४ वटा वडा सहभागी हुने उनले बताए । नगरमा रहेका भेट्रान्स खेलाडीहरूलाई पुर्नताजगी गराउने गरि फुटबल प्रतियोगिता गर्न लागेको उनले बताए । उद्घाटन खेल वडा नं ८ र ११ का बिचमा हुने उनले बताए ।

    पहिलो र दोस्रो दिन ७ र ८ गते ५ वटा खेल हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ५५,५५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र, उपविजेता टिमले नगद २५,५५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक रमेश कुमार जोशीले बताए ।

    यसै गरी हाइ स्कोरर, उत्कृष्ट खेलाडी र उत्कृष्ट किपरलाई नगद ५ हजार रुपैयाँ र कपबाट पुरस्कृत गरिने उनले बताए। कुल ८ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको सचिव रेसम महराले बताए । क्लब सामाजिक कार्यमा अग्रसर रहेको निवर्तमानअध्यक्ष निर्मल नेपालले बताए ।

    IMG_6259.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology