Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

पुनः निर्माणका लागि आर्थिक सहयोग गर्ने लखन ब्रदर्स यूथ क्लवको घोषणा

पुनः निर्माणका लागि आर्थिक सहयोग गर्ने लखन ब्रदर्स यूथ क्लवको घोषणा

  • 2.3K
    SHARES

  • पुनः निर्माणका लागि आर्थिक सहयोग गर्ने लखन ब्रदर्स यूथ क्लवको घोषणा

    बुटवल,असोज ५ ।

    जेन्जी आन्दोलनका क्रममा भएको क्षति पुनः निर्माणका लागि रुपन्देहीको सामाजिक र खेलकुद क्षेत्रमा सक्रिय लखन ब्रदर्स यूथ क्लबले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

    आइतबार क्लबको सचिवालयमा पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष सुदिप खत्रीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले “सामाजिक कार्यमा सहभागिता युवाहरूको प्रतिबद्धता” भन्ने नारासहित स्थापना भएको क्लब नगर सौन्दर्यीकरण, सरसफाइ, सचेतना र खेलकुद गतिविधिमा अग्रसर रहँदै आएको जानकारी दिए ।

    साथै उनले देशको मुख्य गहनाका रूपमा रहेको सिंहदरबारको जीर्णोद्धारमा समेत थोरै भए पनि सहयोग स्वरूप घोषणा गरेको बताए । यस क्षेत्रमा रहेका सरकारी कार्यालयमा समेत आफूहरू स्वयंसेवी रूपमा श्रमदान गर्ने गरि समन्वय भइरहेको उनले बताए ।

    क्लबको स्थापना दिवसमा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम समेत गर्दै आएको उनले बताए । रुपन्देही जिल्लाका सरकारी कार्यालयहरूमा श्रमदान गर्दै आएको क्लबले हालसम्म आफ्नै खर्चमा सडकमा छरिएका विद्युत्, टेलिफोनका तार क्लिपिङ गर्ने, वडासँग समन्वयमा बाटाका खाल्टाखुल्टी टाल्ने, वृक्षारोपण, डेंगुजन्य जनचेतना अभिवृद्धि गर्ने, पहिलो संस्करणको लखन कप फुटबल प्रतियोगिता आयोजना गरेको क्लबका सचिव निरञ्जन पन्तले बताए ।

    विसं २०७९ सालमा दर्ता भएको यो क्लबमा हाल ८० जना सदस्य सक्रिय छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology