Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

रोट्याक्ट क्लब अफ बुटवल सिनर्जीमा नयाँ नेतृत्व,अध्यक्षमा पन्थी

रोट्याक्ट क्लब अफ बुटवल सिनर्जीमा नयाँ नेतृत्व,अध्यक्षमा पन्थी

  • 1.7K
    SHARES

  • रोट्याक्ट क्लब अफ बुटवल सिनर्जीमा नयाँ नेतृत्व,अध्यक्षमा पन्थी

    बुटवल,असोज ५ ।

    रोट्याक्ट क्लब अफ बुटवल सिनर्जीमा नयाँ नेतृत्व चयन भएको छ । क्लवको नयाँ अध्यक्षान देवीराम पन्थी चयन भएका छन् ।

    नयाँ नेतृत्व चयनसंगै १०८औं नियमित बैठक तथा ८औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२४-२५ का अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा रोट्याक्ट क्लब अफ बुटवल सिनर्जीलाई जन्मदिने क्लब, रोटरी क्लब अफ बुटवल डाउनटाउनका वर्ष २०२५-२६ का अध्यक्ष  बाबुराम बन्जाडे रहेका थिए । त्यसैगरी विशिष्ट अतिथिको रूपमा डिस्ट्रिक्ट रोट्याक्ट का एिडआरआर लक्ष्मण श्रेष्ठ र जोन-१९ का जेडआरआर सरोज खनालको पनि उपस्थिति रहेको थियो।

    रोटा वर्ष २०२५-२६ का नवनिर्वाचित अध्यक्ष पन्थीलाई विशिष्ट अतिथिएिडआरआर। लक्ष्मण श्रेष्ठले सपथ ग्रहण गराएका थिए भने, क्लबका वोर्ड सदस्यहरूलाई नवनिर्वाचित अध्यक्ष पन्थीले सपथ ग्रहण गराए।

    त्यसैगरी नयाँ रोट्याक्टरहरूलाई जोन १९ का  जेडआरआर सरोज पोखरेलले सपथ ग्रहण गराए।  त्यसैगरी प्रमुख अतिथि बाबुराम बन्जाडेले कार्यक्रम छोटो, मिठो र सरल तरिकाले सम्पन्न गर्नुभएकोमा खुसी व्यक्त गरे । क्लबहरूले अनावश्यक खर्चका कार्यक्रमहरू गर्नुभन्दा थोरै तर बढी लाभदायक एवं समाजलाई प्रत्यक्ष प्रभाव पार्ने खालका कार्य गर्न सके रोटर्याक्टको अर्थ रहने बताए ।

    कार्यक्रममा वर्ष २०२४-२५का अध्यक्ष पोखरेलले आफ्नो कार्यकाल भित्र गरिएका सामाजिक कार्यहरूको प्रतिवेदन पेश गरे  भने वर्ष २०२५-२६ का अध्यक्ष पन्थीले आफ्नो कार्यकालका लागी गर्नुपर्ने कार्यहरू सार्वजनिक गरे । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सुमन प्रसाद काफ्लेले गरेका थिए।rott.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology