Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘नेपाली काँग्रेसले नै मुलुकलाई निकास दिन्छ’

‘नेपाली काँग्रेसले नै मुलुकलाई निकास दिन्छ’

  • 1.1K
    SHARES

  • ‘नेपाली काँग्रेसले नै मुलुकलाई निकास दिन्छ’

    भैरहवा,असोज ५।

    नेपाली काँग्रेसले नै मुलुकलाई निकास दिएको नेताहरुले दावी गरेका छन् । उनीहरुले काँग्रेसले नै नेपाललाई शान्तिको बाटोमा डोर्याएको बताए ।

    जेनजी आन्दोलनमा निधन भएकाहरुको शोकमा काँग्रेस जिल्ला कार्यसमिति, रुपन्देहीले भैरहवामा आयोजना गरेको दीप प्रज्जवलन कार्यक्रममा नेताहरुले यस्तो बताएका हुन् ।

    कार्यक्रममा पार्टीको रुपन्देही जिल्ला सभापति रामकृष्ण खाणले जेनजीको मागमा काँग्रेसको साथ र समर्थन रहेको बताउनुभयो । ‘सुशासन र भ्रष्टाचारमुक्त नेपाल बनाउने उहाँहरुको कुरा थियो, ’उहाँले भन्नुभयो‘त्यो कुरामा हामी साथ थियौं । हामी सुशासन भएको र भ्रष्टाचारमुक्त देश हेर्न चाहन्छौं ।’

    तिलोत्तमा नगरपालिकाका प्रमुख समेत रहनुभएका खाणले जेनजी प्रदर्शनका क्रममा केही जेलका कैदी र केही आपराधिक गतिविधिमा लागेका मानिसहरुले देशमा सार्वजनिक र निजी सम्पत्तिमा आगजानी र तोडफोड गरेको बताउनुभयो । ‘यो घटनाको हामी घोर भ्रत्सना र दुःख व्यक्त गर्दछौं, जेलका केही कैदीहरुले सम्झेका होलान् कि काँग्रेसलाई खरानी बनाइयो । काँग्रेस कहिल्यै खरानी हुन सक्दैन । काँग्रेस यही खरानीबाट उठेर फेरी पनि नेपालमा सुशासनको पक्षमा लाग्छ ।’

    त्यस्तै काँग्रेस जिल्ला उपसभापति तथा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले अहिले बडो गम्भिर अवस्थाबाट नेपाल गुज्रिरहेको र यो अवस्थाको निकासका लागि काँग्रेसले नै अगुवाइ गर्नुपर्ने बनाउनुभयो । उहाँले भ्रष्टाचारमुक्त राष्ट्र निर्माण हुनुपर्ने जेनजीको माग पूरा गर्न काँग्रेसले नै अगुवाइ गर्ने विश्वास व्यक्त गर्नुभयो । घिमिरेले काँग्रेसको नेतृत्वमा नेपालमा धेरै परिवर्तन आएको बताउनुभयो ।

    पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले काँग्रेस कदापी बिचलित नहुने दावी गर्नुभयो ।काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङले भदौ २३ र २४ गते जेनजी आन्दोलनको मौकी छोपी अराजक तत्वले सरकारी र निजी सम्पत्तिमा आगजनी र तोडफोड गरेको बताउनुभयो । उहाँले आगजनी र तोडफोड घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरी कानूनी कारवाही गर्न सरकारसँग माग गर्नुभयो ।

    महासमिति सदस्य विष्णु पोखरेलले नकारात्मक गतिविधिलाई चिर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले आन्दोलनका नाममा भएका अराजक गतिविधिको सरकारले निष्पक्ष छानबीन गर्नुपर्ने बताउनुभयो ।

    काङ्ग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको सभापतित्व, केन्द्रीय सदस्य गङ्गा शाहीको प्रमुख आतिथ्यता तथा जिल्ला सहसचिव बासुदेव रिमालको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology