बुटवल,असोज ४ ।
पत्रकार मनोरञ्जन शर्माको निधन भएको छ । ५१ वर्षीय शर्माको शनिबार अपरान्ह ५ बजे सिटी अस्पताल भैरहवामा उपचारको क्रममा निधन भएको हो ।
उनी दुई वर्षदेखि क्यान्सरपीडित थिए । पछिल्लो समय भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरेर भैरहवा आएकाथिए। शुक्रबार एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि भैरहवा सिटी अस्पतालमा लगिएकामा उपचारको क्रममानिधन भएको हो ।
तीन दशक पत्रकारितामा बिताएका शर्मा दस वर्षदेखि कारोबार दैनिकमा आबद्ध थिए। तानसेनका उनले सुरुमापाल्पाबाटै नेपाल वान टेलिभिजनमार्फत पत्रकारिता थालेका थिए। पछि भैरहवा कार्यक्षेत्र बनाएर पत्रकारिता गर्नथाले। उनले स्पसशटाइम दैनिक, च्यानल नेपाल, बुटवलको भावना दैनिकमा काम गरेका थिए। भैरहवाबाटैप्रकाशित न्यूज ओके पत्रिकाको प्रकाशक र सम्पादक थिए।
लुम्बिनी प्रेस क्लबका संस्थापक उपाध्यक्ष स्व. शर्माले विशेषगरी पर्यटन र खेल क्षेत्रमा कलम चलाउँदै आएकाथिए। स्व. शर्माको आइबार पाल्पाको राम्दीमा अन्त्येष्टि गरिने परिवारजनले बताएका छन् । स्व. पत्रकार शर्माकाश्रीमती, एक छोरा र एक छोरी छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)