Logo बिहिवार, आश्विन १ गते २०८३
images

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

  • 1.2K
    SHARES

  • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

    काठमाडौँ,भदौ २९ ।

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी हुन् । उनी सिंहदरबार पुग्दा कर्मचारीहरुले स्वागत गरेका थिए । 

    जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै आन्दोलनको म्यान्डेटअनुसार कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

    pm karki.jpg

    कार्कीले मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहणअघि प्रधानमन्त्री कार्की लैनचौरस्थित शहीद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् । जेनजी आन्दोलनका क्रममा मुलुकभर ५१ जनाको निधन भएको छ ।

    Pm-sushila-karki.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology