Logo बिहिवार, आश्विन १ गते २०८३
images

सुन्धारा कारागारबाट एमाले नेता टोपबहादुर रायमाझी पनि फरार

सुन्धारा कारागारबाट एमाले नेता टोपबहादुर रायमाझी पनि फरार

  • 1.0K
    SHARES

  • सुन्धारा कारागारबाट एमाले नेता टोपबहादुर रायमाझी पनि फरार

    काठमाडौं, भदौ २५ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउप-प्रधान तथा पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी पनि भागेका छन्। सुन्धारा कारागारबाट ३३ सय कैदी फरार भएका हुन् । कारागारको भद्र बन्दीगृहमा रहेका रायमाझी बुधबार त्यहाँबाट भागेका हुन्।

    कारागार स्रोतका अनुसार अहिले भद्र बन्दीगृहमा नभागेका एक सय जना कैदी छन्। त्यसबाहेक अरू बन्दीगृहमा तीन/ चार सय जना कैदीबन्दी छन्।कारागारबाट भागेका रायमाझी सम्पर्कमा छैनन्।अन्य कतिपय कैदीबन्दीहरूले भने प्रशासनमा फोन गरेर आफूहरू फर्किने बाचा गरिरहेको स्रोतले बतायो।

    'हामी फर्किन्छौं, आउँछौं, हिजो त्यस्तै भयो भनेर फोन गरिरहेका छन्,' स्रोतले भन्यो।नख्खु कारागारबाट भागेका कैदीबन्दीहरूले पछि केन्द्रीय कारागार पुगेर तोडफोड गरेका थिए।डिल्लीबजार कारागारमा रहेका कैदीबन्दीहरू पनि भाग्न खोजेका थिए। तर सेनाले उनीहरूलाई केन्द्रीय कारागार स्थानान्तरण गरिरहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, भाद्र २५ २०८२०७:१२:१८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology