Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

लुम्बिनी फोटोग्राफर संघको पाँचौं अधिवेशन बुटवलमा,पन्थको नेतृत्वमा नयाँ कार्यसमिति चयन

लुम्बिनी फोटोग्राफर संघको पाँचौं अधिवेशन बुटवलमा,पन्थको नेतृत्वमा नयाँ कार्यसमिति चयन

  • 3.1K
    SHARES

  • लुम्बिनी फोटोग्राफर संघको पाँचौं अधिवेशन बुटवलमा,पन्थको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    बुटवल,माघ १८-

    लुम्बिनी फोटोग्राफर संघको १४ औं वार्षिक साधारणसभा एवं पाँचौ अधिवेशन शनिवार बुटवलमा सम्पन्न भएको छ ।

    अधिवेशनका प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष निलकण्ठ भट्टराईले फोटोग्राफी पेसालाई मर्यादित र समय सापेक्ष बनाउनु पर्नेमा जोड दिदै प्रविधिमैत्री हुन सकेमा नै यो पेसा दीर्घकालीन हुने बताए ।

    कार्यक्रममा विशिष्ट अतिथि द्वय नवलपरासी फोटोग्राफर संघका अध्यक्ष चेतनारायण पाण्डे र गुल्मी फोटोग्राफर संघका अध्यक्ष श्री हरि न्यौपाने, रुपन्देही फोटोग्राफर संघका संस्थापक अध्यक्ष दुर्गा प्रसाद भण्डारीको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा संस्थाका अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले संस्थाको प्रगति प्रतिवेदन एवम् भावी कार्ययोजना पेश गरेका थिए  भने वरिष्ठ उपाध्यक्ष मनिराम पन्थ मनिषले स्वागत् मन्तव्य व्यक्त गरेका थिए । 

    कार्यक्रममा सक्रिय महिला फोटोग्राफर माया पाण्डे, युवा फोटोग्राफर रविलाल पौडेल तथा उत्कृष्ट क्षेत्रीय संयोजक रामचन्द्र बेलबासे सम्मानित भएका थिए ।

    पुराना तथा अग्रज फोटोग्राफरहरु रामराज शर्मा, टेकनारायण भट्टराई, सुर्यनारायण ज्ञवाली, धनपति न्यौपाने र हेमनाथ घिमिरे अर्जुन सम्मानित भएका थिए । 

    मनीराम पन्थ (मनिष)को अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन:

    अधिवेशनले मनिराम पन्थ मनीषको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    जसको वरिष्ठ उपाध्यक्षमा दिनेश अर्याल, प्रथम उपाध्यक्षमा रामप्रसाद भण्डारी, द्वितीय उपाध्यक्षमा रामराज शर्मा र महासचिवमा माधवप्रसाद पन्थ चयन भएका छन् । त्यसैगरी सचिवमा प्रेमबहादुर अर्याल, सहसचिवमा कमला घर्तिमगर र रामचन्द्र बेलबासे कोषाध्यक्षमा चयन भएका छन् । 

    अधिवेशनले सदस्यमा त्रिभुवन पाण्डेय,कमल अर्याल,रेशम भण्डारी,मोहन महतो,गोभा ज्ञवाली,गीता पंगेनी,ज्योतिलाल भट्टराई,मनोज क्षेत्री,दीपक पौडेल र धीरेन्द्र अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

    त्यसैगरी अधिवेशनले कर्णबहादुर तिवारीको संयोजकत्वमा शोभाखर पन्थ र रविलाल पौडेल सदस्य रहने गरी तीन सदस्यीय लेखा समिति समय छनौट गरेको छ । 

    संस्थाका महासचिव रामप्रसाद भण्डारीले प्रथम सत्रको कार्यक्रम सञ्चालन गरेका थिए भने दोश्रो सत्रको कार्यक्रम संस्थाका सचिव माधव पन्थले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology