Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

भगवान् विष्णुको वामन अवतारको पूजा विधि

भगवान् विष्णुको वामन अवतारको पूजा विधि

  • 2.0K
    SHARES

  • भगवान् विष्णुको वामन अवतारको पूजा विधि

    -नारायण भट्टराइ

    यस दिन भगवान् विष्णुको वामन अवतारको पूजा विधिवत् रूपमा गरिन्छ। अझ यो तिथि श्रावण नक्षत्रमा पर्यो भने अझ उपयुक्त मानिन्छ। यस दिनमा प्राय: उपवास बसेर विष्णु भगवान्को पूजाआजा गर्ने प्रचलन पनि छ।

    कथा:
    प्राचीन कालमा एउटा पराक्रमी राजा थिए। उनको नाम थियो बलि राजा। दितिका छोरा, वलिराजाका छोरा इन्द्रराजा भए। बलिराजाले तिनै लोक जितिसकेका थिए। इन्द्रपुरी पनि आफ्नो हात पार्न अश्वमेध नामको जोगिया गर्नलाई आफ्नो दरबारको अगाडि आगनमा वरिपरी वासका लिंगा बनाएर गाढी, कोखमा केराका थाम गडाएर माथि पट्टी छडुवा तोरणले सिगारी पतका समेत गराएर जोगिया तयार गराए।

    अठासी हजार ऋषिहरूलाई निमन्त्रणा गरी जोगियाको आरंभ राजा बलिले गरे। अर्कोतिर देवतालाई सताइएको हुनाले देवताहरू विष्णुसँग गई प्रणाम गरी आफ्नो दुख वेदना सुनाउन थाले। देवलोकमा बलिले हातपारी राज्य गर्न थाले, हामीलाई दुख दिए भने पछि श्री विष्णुले भन्नुभयो, “उनलेबल जफती नभएर धार्मिक परंपरा र धर्मको आधारमा देवलोकको राज्य गरेका हुन्, मैले यो कार्य धर्मपरायणमा आँधार रहेर पूरा गर्ने छु। तपाईहरू आफ्नो स्थानमा जानुहोस्।”

    अदितिलाई भन्नुभयो कि “श्री विष्णुको आराधना गर्नुहोस्।” उनले आराधना गरे। तपाईको कोखमा अवतार लिन चाहानु भएको छ। कस्यप र अदितिको पुत्रको रूपमा अदितिको घरमा अवतार लिन आउनुभयो। अवतार पनि लिनुभयो। छ दिनमा छैटि कर्म, एघारौँमा नवन, मैना पास्नी वा भात खुवाउने गरेपछि अब बवुको पाँच वर्षमा चुडा कर्म, कपाल धोर्ने काम सम्पन्न भयो। बाबू आठ वर्षको भएपछि वर्तबन्ध गराउनु पर्यो भनी वैदिक विधिबिधानबाट उपनयन, वर्तबन्ध कार्यक्रम सम्पन्न भयो। पढ्न जाने क्रममा कम्मरमा पुस्तक बाँधेर, हातमा कमण्डलु, पहेलो वस्त्र, निधारमा त्रिपुण्ड लगाएका सुकुमार बटुक पढ्न हिँड्नु भयो। जाँदा-जाँदा आफ्नो जग्गा बाहिर बार बाहिर पुग्नु भयो।

    “कहाँ जाऊ? कसरी गरु?” भनी सोचविचार गर्दा मर्त्यलोकमा बलि राजाले सय यज्ञ पुर्याउन जोगिया गर्दैछन्, त्यही जानू पर्यो भनी हिँड्नु भयो। जोगिया आरंभ भइसकेको थियो। सानो दिव्य रूपको, हातमा कमण्डलु, पहेलो वस्त्र, मृगछाला लिएको, कहिल्यै कहिँ नदेखिएको जस्तो बालक ब्राह्मण देख्दा राजावलीले सोधे, “बाबु, तिमी कसका छोरा हौ? के कामले यहाँ आयौ? शास्त्र पढेका छौ कि बाबु?”
    “वामन रूपी ब्राह्मण,” भन्नुभयो, “म ब्राह्मणको छोरा हुँ। मर्त्यलोकमा राजा बलिराजाले यज्ञ गर्न थालेका छन्, त्यही जानू भनेर आएको।”
    “ब्राह्मणका छोराले वेदशास्त्र नपढेको कहाँ हुन्छ र?” भनी उत्तर दिनुभयो।
    अनि राजा बलिले सानो ब्राह्मणलाई वरण गर्नुभयो। गुरुले पढ्न सुरु गर्नुभयो। भनिन्छ ३६ राग पसारेर अरू ब्राह्मणको बोलि जितेर अर्थात् आवाजविहीन बनाइदिनुभयो। जोगिया समाप्ति भएपछि राजा बलिले भने, “आऊ, बबु, तिमीले पहिले दान लिउ, अरूलाई पछि दिउला।”
    गुरुले भन्नुभयो, “पहिले वरण भएका ब्राह्मणलाई पहिलो दान दिनु होस्, पछि वरण भएका लाई पछिल्लो दान दिनुपर्छ।”
    “त्यसै पनि म पछि वरण भएका हुँ,” भन्नुभयो।
    “ठिक छ,” भन्यो राजा बलिले, कसैलाई हात्ती, कसैलाई घोडा, सुन, चाँदी, धन, द्रव्य दिएर सन्तुष्ट गराए। अब आयो वामन अवतारी विष्णुको पालो।
    “आऊ, बबु, दान लेऊ, के के लिन विचार छ?” भन्यो।
    “म दिन्छु,” वामन रूपी भगवान् भन्नुभयो, “म एक गरिब ब्राह्मणको छोरा हुँ, गरिब गरेर खाने जाति। मलाई त्यति ठूलो दान चाहिदैन। दिने भए म केही जमिन माग्ने बिचार गरेको छु। यदि तपाइँ हुन्छ दिन्छु भन्नु हुन्छ भने म माग्छु।”
    बलिले भन्यो, “हुन्छ भने, ल, माग बाबु। मलाई गरिखान पुग्ने तीन पाइला जमिन भए पुग्छ। त्यस ठाउँमा बस्ने आश्रम र पढ्न मिल्ने भए पुग्छ।”
    “दिन सक्छौ राजा,” भने।
    बलि भन्छन्, “हाम्रो दरबारबाट कोही पनि खाली हात फर्केको छैन। मैले त कति-कति दिउला भनेको थिएँ, छोटो बुद्धि छोटै हुँदो रहेछ।”
    त्यो सभामा दैत्यगुरु शुक्राचार्य पनि हुनुहुन्थ्यो। उहाँले ध्यान दृष्टिले हेर्दा, “त यिनी त शाक्षात् विष्णु पो रहेछन्।”
    राजालाई छल गर्न र सर्वस्व हरण गर्ने अभिप्रायले यिनी यहाँ आएका रहेछन्।
    राजा बलि भन्यो, “यो ब्राह्मण होइन, तिमी झुक्कियौ। दानको सङ्कल्प नगर, नदिए हुन्छ। यो उही छलि विष्णु हो।”
    तब बलि भन्यो, “मान्छे एक पटक बोले पछि वोली मिथ्या हुन जान दिन हुँदैन। तिम्रो सर्वस्व हरण गर्ने छन् भनी विचार गर।”
    शुक्राचार्यको कुरालाई अटेर गरी सुनको हजारीमा बलि की दुलहीले गंगाजल, तिलानी गरी संकल्प गर्न ल्याइदिन। अझै पनि बलि शुक्राचार्यको कुरा बुझेन।
    बलिको सोच धार्मिक मान्छेले ढाँट कुरा गरे, उसले अगाडि गरेका धार्मिक कार्यको फल पनि नष्ट भएर जाने गर्दछ। शुक्राचार्यको विचार: छल गर्ने अत्याचारको विरोध गर्नु, दान नदिनु पाप लाग्दैन। अतः सर्वनाश भन्दा अर्धनाश जाति हो। भनी उनले दीर्घकालिन सोच गरे।
    अनि सानो रूप लिएर शान्तिकलश, करुवाको टुप्पोमा गई जल रोकिदिए। जल रोकिएपछि राजाले भने, “कुन शत्रुले छल गरेर मेरो करुवाको टुटिबाट जल रोकिदियो?” कुशको कुड्काले करुवाको टुटिमा घोच्दा तीन थोपा रगत आयो। अनि “यो पनि जल हो,” भने उनले महासङ्कल्प सिद्धाए। गुरु शुक्राचार्य रिसाएर “तेर सर्बनाश होस्” भनी त्यहाँबाट हिँडे।
    उता वामन रूपी विष्णुले दुई पाइला सट्टा तीन पाइला धारण गर्नुभयो।
    एक पाइला आकाश, अर्को पाइला पृथ्वी, र अर्को पाइला राख्ने ठाउँ पुगेन। कताराखु भनी यताउता हल्लाउन थाले।
    भने एकदमै आक्रोशक बोली शास्त्रमा लेखिएको र सूर्तीलेखनमा पनि पाइन्छ।
    “अब कसो गर्ने हो?” भनी सोचविचार गर्दा बलिको दुलही विरणीले धार्मिक राजा बोलेको बोली पूरा गर्नुपर्छ भनी, “हजुरको माथि, टाउकोमा प्रभुको पाइला राख्न दिनुपर्छ।”
    बलिको टाउकोमा पाइला राख्दा बलि अलि-अलि सतलमा जान लागे। तब प्रभुको पाइला माथि रुन थाले, “मैले हजुरलाई चिनिन, जानिन, मेरा गुरु शुक्राचार्यले भनेको मैले पत्याइन। कहाँ बसुला, के खाऊला, कससँग कुरा गरुला? मलाई क्षमा गर्नुहोस्।”
    बलिले भने। भगवान् विष्णु भन्नुभयो, “हेरे बलि, तिमी एक्लै हुदैनौ। एक कार्तिक भरि म तिम्रो घरमा आउने छु। पाँच दिन तिहार तिम्रो ढोकाको घर पाले भएर म बस्नेछु। पोखिएको अन्न, लुकाएको सम्पत्ति, अरुलाई नदिएको शिक्षा, गुप्त धन, उम्लिएको दूध तिम्रो भयो भनी बलिलाई सतलमा वास गराएर विष्णु लोक जानुभयो। पछि त्यो कार्यकालपछि आफ्नो राज्य गर्न बलि फर्कनेछन्।”

    यो कुरा तिहारको देउसी भैलोमा पनि गाइने गरिन्छ।

    हामीले सोच्दा सामान्य जस्तो लाग्छ, तर लेखकको कला हो वा मानिसरूपी देवदानी यसै गरेका हुन थाहा लागेन। रामचन्द्र भगवान्, सीता हराईन भन्दै वन वन हिड्ने। रावण राजा आँद्रथुतेर तान्तुरी वनाउने र ताण्डव गान गर्ने, खोपडी फुटाएर कतिबेला के गरेर के बाट मारिन्छ भन्नेले राजा रामचन्द्रलाई नचिन्ने। राजा हरिश्वन्द्रले गुरु नचिन्ने। बलिले आफ्ना गुरुले भनेको नमान्ने। यी सइयबै लेखान्त भनिन्छ। त्यही हो कि प्रभुपर आत्माले परिपञ्च मिलाएको हो। यहाँ हरेकको जिम्मा।
    अस्तु।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, भाद्र १८ २०८२०९:२५:३१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology