Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ‘बिगेस्ट स्टुडेन्ट कार्निवल’ इभेन्ट हुने

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ‘बिगेस्ट स्टुडेन्ट कार्निवल’ इभेन्ट हुने

  • 2.2K
    SHARES

  • बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ‘बिगेस्ट स्टुडेन्ट कार्निवल’ इभेन्ट हुने

    बुटवल,भदौ १७ ।

    संविधान दिवसको अवसर पारेर बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ इभेन्ट हुने भएको छ ।

    आउदो असोज ३ गते इभेन्ट इन, बुटवलले बिएचएम अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम गर्न लागेको हो । कार्यक्रम बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ ।
    आयोजकले मंगलबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारी तीव्र रुपमा अघि बढाएको जनाएको छ । अहिले बुटवल भित्र बिएचएम अध्ययन हुने क्याम्पसमा भिजिट गरेर कार्यक्रमबारे अवगत गराउने काम भइरहेको कार्यक्रम संयोजक अतीत थापाले जानकारी दिए ।

    उनका अनुसार बिएचएम अध्ययनरत विद्यार्थीहरुले कार्यक्रम स्थलमा स्टल राख्दा कुनै पनि शुल्क नलाग्ने बताए । कार्यक्रममा सांस्कृतिक मनोरञ्जन लिन पाउनुका साथै विएचएम अध्ययनरत गर्ने विद्यार्थीहरुले तयार गरेका विभिन्न परिकारको स्वाद लिन पाइने उनले बताए ।

    कार्यक्रममा स्वर, रकेट्रस, चक्र र आमाथ्यको विशेष साङगेतिक प्रस्तुतिको आनन्तद लिन सकिने कार्यक्रम संयोजक थापाले बताए ।
    यस्तै कार्यक्रमको प्रवेश शुल्क १ हजार कायम गरिएको इभेन्ट इन बुटवलका फाउण्डर सुसान्त पाण्डेले बताए । विद्यार्थीको लागि भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । कार्यक्रम गर्नको लागि २५ लाख खर्च लाग्ने अनुमान गरिएको फाउन्डर पविन सेनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, भाद्र १७ २०८२०५:५७:५७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology