Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

गोरखा आइडियल स्कुलका बालबालिकाहरू कथा लेख्न सिक्दै

गोरखा आइडियल स्कुलका बालबालिकाहरू कथा लेख्न सिक्दै

  • 705
    SHARES

  • गोरखा आइडियल स्कुलका बालबालिकाहरू कथा लेख्न सिक्दै

    ओमप्रकाश गुप्ता /भालुवाङ १६ भदौ ।

    दाङको राप्ती गाउँपालिका-२ लालमटियामा रहेको गोरखा आइडियल स्कुलका बालबालिकाहरू कथा लेख्न सिक्न थालेका छन् ।

    विद्यार्थीको सिकाइका लागि स्कुलले तीन दिने कथा लेखन कार्यक्रमको आयोजना गरि कथा लेख्न सिकाएको छ ।

    कक्षा ६ देखि १० सम्मका कुल ५३ जना बालबालिकाले कथा लेख्न सिकेका हुन् ।

    जसमा ७ जनाले कथा बाचन गरेका थिए भने ५ जनाले कथा लेखनको अनुभव सुनाएका थिए । विद्यार्थीसँगको तीन दिने बसाइँमा प्रशिक्षक तथा साहित्यकार विजयराज आचार्यले कथा लेखनका आधारभूत तत्वहरू पात्र, परिवेश, संवाद, दृष्टिकोण र संरचनाबारे प्रशिक्षण दिनुका साथै विद्यार्थीलाई अभ्यासका अवसर समेत दिएका थिए ।

    यसै बीच कथा लेखन कार्यशालाको आइतवार समापन गरिएको छ । गोरखा ग्रुपका संस्थापक अध्यक्ष मानबहादुर बुढा मगरको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चाैधरीको प्रमुख आतिथ्यतामा भएको कथा लेखन समापन कार्यक्रममा प्रमुख अतिथि चाैधरीले कथा लेखनले बालबालिकाहरूको लेखन कला तथा सिर्जनात्मक सिपको विकास भई नयाँ पुस्तामा साहित्यिक चेतना र अभिरुचि जागृत गर्ने विश्वास व्यक्त गर्नु भयो । 

    कार्यशालाको समापन समारोहमा विद्यार्थीले आफैँले तयार पारि बाचन गरेका कथाले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो भने केही कथाले भावुक समेत बनायो । केही कथाहरू काल्पनिक, केही समाजमा घटेका घटनाहरूलाई समेटेर तयार पारेको सत्य घटनामा आधारित कथा थिए भने केही कथा समसामयिक प्रविधि र भविष्यवादी कल्पनामा केन्द्रित थिए । 

    कार्यक्रममा कथा प्रशिक्षक तथा साहित्यकार विजयराज आचार्य, अभिभावक जयमान विक लगायतका वक्ताहरूले सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा साहित्यकार, विद्यार्थी, अभिभावक, शिक्षक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

    गोरखा मोडल सेकेण्डरी स्कुल लमहीका प्रिन्सिपल लोकमान रिजालले धन्यवाद र कक्षा ६ की छात्रा अनुष्का भट्टराईको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन विद्यालय संयोजक देवबहादुर बुढामगरले गर्नु भएको थियो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, भाद्र १६ २०८२०१:४५:३९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology