Logo शनिवार, श्रावण १६ गते २०८३
images

नमस्ते नेपालको दोस्रो केन्द्रीय महाधिवेशन सम्पन्न,अध्यक्षमा मनिष चयन

नमस्ते नेपालको दोस्रो केन्द्रीय महाधिवेशन सम्पन्न,अध्यक्षमा मनिष चयन

  • 660
    SHARES

  • नमस्ते नेपालको दोस्रो केन्द्रीय महाधिवेशन सम्पन्न,अध्यक्षमा मनिष चयन

    बुटवल,१५ भदौ।

    नमस्ते नेपालको दोस्रो केन्द्रीय महाधिवेशन तिलोत्तमाको ड्राइभरटोलमा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले  मनिष भुसालको अध्यक्षतामा सातसदस्यीय पदाधिकारीसहित ३० सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    निर्वाचित समिति उपाध्यक्षमा बरदान आचार्य, सचिव भुवन सुवेदी, सह–सचिव मधुसूदन नेपाल र मिनाक्षी भण्डारी, कोषाध्यक्ष रमेश लम्साल तथा सह–कोषाध्यक्ष दिपसन अधिकारी रहेका छन् । अधिवेशनले विभिन्न विभाग प्रमुख पनि चयन गरेको छ ।

    जसअनुसार वृक्षारोपण विभागमा लक्ष्मण न्यौपाने, अनुशासन विभागमा सुप्रिया महत, सांस्कृतिक तथा साहित्यिक विभागमा कोपिल पौडेल, खेलकुद विभागमा सुवास बस्याल, विकास निर्माण अनुगमन विभागमा प्रविण पन्थ, महिला विभागमा सुस्मिता पराजुली, विज्ञान तथा प्रविधि विभागमा रमित न्यौपाने तथा संगठन विभागमा प्रतिक पाण्डे जिम्मेवारी पाएका छन् ।att.Admo2JVmx5hDTI5pp6p5_gobekIiTBxWuffiwpd47AE.jpeg

    त्यसैगरी, आदर्श न्यौपाने, लक्ष्मण न्यौपाने, माधव पोखरेल, विष्णु पाण्डे, गौरव गुप्ता, असल गुरुङ, मिलन अर्याल, अर्जुन भण्डारी, पुष्पराज पन्थ, रेश्मा न्यौपाने, अरुणा पौडेल, कविता पौडेल, विष्णुप्रसाद न्यौपाने, दिपक रुचाल र पूर्णिमा न्यौपाने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक कृष्ण गाउँलेका अनुसार उम्मेदवारबीच प्रारम्भिक रस्साकस्सी भए पनि अन्तिममा सबै पदाधिकारी सर्वसम्मतिले चयन भएका थिए ।

    विसं २०६८ सालमा स्थापना भई २०७५ सालमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा दर्ता भएको नमस्ते नेपाल युवाबीच चर्चित र गतिशील सामाजिक संस्था हो ।

    संस्थाका सल्लाहकार मनिष पन्थका अनुसार, जन्मदिनको अवसरमा वृक्षरोपण, दुर्व्यसनविरुद्ध अभियान, छात्रवृत्ति वितरण, खेलकुद प्रतियोगिता तथा स्वास्थ्य–सम्बन्धी विविध कार्यक्रममार्फत यस संस्थाले निरन्तर सकारात्मक गतिविधि गर्दै आएको छ ।

    संस्थापक अध्यक्ष अर्जुन खरेलले युवालाई सामाजिक र आर्थिक विकासमा सक्रिय बनाउन, नेतृत्व र क्षमता विकासमार्फत उद्यमशीलताको बाटो देखाउन नमस्ते नेपाल निरन्तर अग्रसर रहेको बताए ।

    दोस्रो महाधिवेशनका खुला सत्रका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले युवाको काँधमै देशको भविष्य टेकेको भन्दै विवेकशील युवाका हातमा नेतृत्व हस्तान्तरण हुनुपर्नेमा जोड दिए । पाण्डेले नमस्ते नेपालको गतिविधि उदाहरणीय र प्रशंसनीय भएको समेत उल्लेख गरे । त्यसैगरी, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वर देवी चौधरीले नमस्ते नेपाल आफ्नो क्षेत्रमा अग्रणी र अब्बल संस्था भएको भन्दै प्रशंसा गरिन् ।

    नव–निर्वाचित अध्यक्ष मनिष भुसालले आफ्नो प्रतिबद्धता मन्तव्यमा संस्थाले सुरू गरेको अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन प्रतिबद्ध रहने बताए। उनले भने, “युवाहरूको ऊर्जालाई सिर्जनात्मक ढङ्गले समाज रूपान्तरणमा प्रयोग गर्ने हाम्रो लक्ष्य हो ।

    नमस्ते नेपाललाई अझ व्यापक बनाएर शिक्षा, स्वास्थ्य, वातावरण, उद्यमशीलता र सांस्कृतिक उत्थानका क्षेत्रमा उदाहरणीय योगदान पुर्‍याउनेछौं । अध्यक्ष भुसालले सहकार्य, पारदर्शिता र जवाफदेहीतामार्फत संगठनलाई अझ सुदृढ बनाउन नयाँ नेतृत्व तत्पर रहेको स्पष्ट पारे । भुसालले थप सात जनालाई मनोनीत गरेर ३७ सदस्यीय केन्द्रीय समिति रहने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology