रूपन्देहीमा सडक दुर्घटनामा परेर मृत्यु भएका नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीमा सडक दुर्घटनामा परेर मृत्यु भएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का तत्कालीन केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणि)को सालिक अनावरण गरिएको छ।
जनयुद्धमा भूमिगत भएर काम गरेका बन्जाडेको २०७८ मंसिर ८ गते बुटवलमा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको थियो ।
उनै बन्जाडेको स्मरणमा माओवादी केन्द्रले बुटवल मजुवामा सालिक निर्माण गरेको हो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार सालिक अनावरण गर्नुभयो ।
अध्यक्ष प्रचण्डले उनको सालिक अनावरण सँगै ‘टंकमणि: एक क्रान्तिविज’ नामक पुस्तककोसमेत विमोचन गरेका गर्नभयो ।
उहांले टंकमणिको निधनले पार्टीलाइ र परिवारलाइ ठुलो क्षति पुगेको भन्दै पार्टीले परिवारलाइ कुनै ढंगले न्याय गर्ने बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)