Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

आजबड्की आइतबार रूपन्देहीका सोह्रै पालिकामा स्थानीय विदा

आजबड्की आइतबार रूपन्देहीका सोह्रै पालिकामा स्थानीय विदा

  • 603
    SHARES

  • आजबड्की आइतबार  रूपन्देहीका सोह्रै पालिकामा स्थानीय विदा

    बुटवल,भदाै १५  ।

    रुपन्देहीका सबै पालिकाले आज (आइतबार) स्थानीय विदा दिएका छन् । ‘बड्की आइतबार’ पर्वको अवसरमा जिल्लाका १६ वटै स्थानीय तहले आज स्थानीय बिदा दिएका हुन् ।

    उक्त पर्वको अवसरमा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, सैनामैना, तिलोत्तमा, देवदह, लुम्बिनी साँस्कृतिक नगरपालिकाले सूचना जारी गरेर विदा दिएका छन् ।

    यस्तै, सियारी, शुद्धोदन, रोहिणी, गैडहवा, ओमसतिया, कोटहीमाई, मर्चवारी, सम्मरीमाई, कंचन र मायादेवी गाउँपालिकाले पनि सूचनामार्फत् आज स्थानीय बिदा दिइएको उल्लेख गरेका छन् ।

    थारु समुदायको महत्वपूर्ण पर्व बड्की आइतबारको अवसरमा आकस्मिक सेवा र बर्थिङ्ग सेन्टरबाहेक आइतबार पालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु, स्वास्थ्य र शैक्षिक संस्थाहरुमा स्थानीय बिदा दिइएको पालिकाहरुले जनाएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology