Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानको निधन

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानको निधन

  • 891
    SHARES

  • लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानको निधन

    बुटवल,भदौ १४ ।
    लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान (खान) को निधन भएको छ ।

    नगर प्रमुख खानको आज बिहान ९ बजे हृदयघातका कारण निधन भएको लुम्बिनी सांस्कृतिक नगरपालिका-३ कावडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले बताए ।
    नगर प्रमुख सजरुद्दिन शुक्रबार मात्रै मलेशिया भ्रमणबाट घर फर्केका थिए ।

    बिहान स्वास्थ्यमा समस्या आएपछि युनिभर्सल मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै उनको मृत्यु भएकोवडाध्यक्ष मुसलमानले जानकारी दिए ।

    ‘उहाँ हिजो (शुक्रबार)मात्रै मलेशयिाबाट फर्कनु भएको थियो, हिजो राति सुत्दा र बिहान उठ्दासम्म राम्रै थियो, बिहान उठेपछि अप्ठेरो भयो भनेपछि मेडिकल कलेज लैजादैं गर्दा निधन भएको हो’, वडाध्यक्ष मुसलमानले भने ।

    नगर प्रमुख खान नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनी ७० वर्षका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, भाद्र १४ २०८२१०:५८:११

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology