बुटवल,भदौ १४ ।
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बुटवल शाखाद्वारा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
बुटवलमा आयोजित कार्यक्रममा आर्थिक बर्ष २०८१/८२ का शाखाका उत्कृष्ट वरिष्ठ एजेन्सी म्यानेजर , एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूलाइ सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी तथा इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख बुद्ध बहादुर सूर्यवंशीले जीवन विमा सम्बन्धि जानकारी दिनुभएको थियो साथै सम्पुर्ण अभिकर्ताहरूलाइ नयाँ उत्साह, जोस र जागरका साथ काम गर्न हौसला प्रदान गर्नुभएको थियो ।
कार्यक्रमका बिशिष्ठ अतिथी एबम प्रदेश उप प्रमुख शिव कुमालले अभिकर्ताहरूलाई कम्पनीले ल्याएका विभिन्न किसिमका लाभदायक स्किमका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रम कम्पनीका बुटवल शाखाका मार्केटिङ इन्चार्ज दिनेश नेपालको स्वागत मन्तव्य, वरिष्ठ एजेन्सी मेनेजर तुलसा जि सि र वरिष्ठ एजेन्सी म्यानेजर लक्ष्मी ज्ञवाली , वरिष्ठ एजेन्सी म्यानेजर सकुन्तला थापा , एजेन्सी म्यानेजर कल्पना डुम्रे तथा जङ्ग बहादुर बरालले आ-आफ्नो भनाइ राख्नुभएको थियो ।
साथै कार्यक्रममा बुटवल शाखाले उत्कृष्ट कार्य सम्पादन गरेकोमा कर्मचारी सन्तोस पान्डे, सन्तोष बस्याल, र विनिता भट्टराई समेत सम्मानित गरेको थियो ।
कार्यक्रममा वरिष्ठ एजेन्सी म्यानेजर , एजेन्सी म्यानेजर, राइजिङ स्ट्रार, शाखा स्ट्रार तथा अभिकर्ता गरि ५९ जना सम्मानित हुनु भएको थियो भने कार्यक्रम १४९ जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन बुटवल शाखा प्रमुख सुरेश ज्ञवालीले गर्नु भएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)