बुटवल,भदौ १४ ।
नेपाल कुरियर सेवा सङ्घ, लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले नया नेततृत्व चयन गरेको छ । बुटवलमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित हुनुभएको छ। बरिष्ठ उपाध्यक्षमा ओमस थाप,उपाध्यक्षमा सुरेन्द्र पाण्डे,सचिवमा जनक पन्थ,कोषाध्यक्षमा भिष्मराज कोईराला निर्वाचित हुनुभएको छ ।सदस्यहरूमा निर्मला भण्डारी,नवराम बञ्जाडे,सविन श्रेष्ठ,चन्द्रबहादुर बिक,हिरालाल भण्डारी,बालगोन्द्र चौधरी चयन हुनुभएको हो ।
नवनिर्वाचित टिमले संघको कार्यतालिका र सदस्यहरूको हितका लागि सक्रिय रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
अधिवेशनमा सहभागी व्यवसायीहरूले आगामी कार्यकालमा संघको विकास र पेशागत क्षमताको वृद्धि सुनिश्चित गर्न सबैको सहकार्य आवश्यक हुनेमा जोड दिएका छन्।
अध्यक्ष पोखरेल बिगत१५ बर्षदेखि बुटवलमा कुरियर ब्यवसाय संचालन गर्दै आउनुभएको छ ।
यसमा प्रदेशभर करिब २०० जनाले रोजगारी पाएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)