Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

१८ बर्षिया किशोरी रिता बुटवलबाट सम्पर्कबिहिन,टीकटकमा अलबिदा भनेको भिडियोले परिवार तनावमा ! (VIDEO)

१८ बर्षिया किशोरी रिता बुटवलबाट सम्पर्कबिहिन,टीकटकमा अलबिदा भनेको भिडियोले परिवार तनावमा ! (VIDEO)

  • 3.7K
    SHARES

  • १८ बर्षिया किशोरी रिता बुटवलबाट सम्पर्कबिहिन,टीकटकमा अलबिदा भनेको भिडियोले परिवार तनावमा ! (VIDEO)

    बुटवल,भदौ १३ ।

    रुपन्देहीको बुटवलबाट एक किशोरी सम्पर्कबिहिन भएकी छन् । १८ बर्षिया रिता खनाल तीजको अर्काे दिन ११ गते बुधबार बिहान ९ बजेदेखि सम्पर्क बिहिन भएकी हुन् । उनी आफ्नी आमा मिना खत्रीसंग बुटवल ११ कालिकानर लालीगुरास पथमा बिगत १ बर्षदेखि बस्दै आएकी थिइन् ।

    घरबाट पिंक सुट र हरियो-सेतो आउटर लगाएर निस्किएकी रिता आजसम्म घर नफर्केको उनकी आमा मिना खत्रीले नागरिक अनलाइनलाइ बताइन् । उनको खोजीका लागि अन्तिमपटकको लोकेसनका आधारमा बुटवल लक्ष्मीनगरको जंगलमा खोजीकार्य तीब्र पारिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिएसपी इन्द्र रानाले बताए ।

    उनले आफ्नो टीकटक आइडि रिता खनाल सिक्समा अलबिदा लेखेर भिडियो पाेष्ट गरेको देखिएपछि परिवारजन थप चिन्तामा परेको छ । गुल्मी धुर्काेट पिपलधारा घर भएकी उनी आदर्श माबिबाट कक्षा १२ पास गरेर बिगत १ बर्षदेखि बुटवलमा बस्दै आएकी थिइन् । उनका तीन वटा टीकटक आइडि फेला परेका छन् जसमा मुस्कान कान्छी,रिताखनाल र रिता खनाल सिक्स छन् ।

    उनले आफ्नो केटासाथी गुल्मीकै युवराज खनालसंग प्रेममा रहेको आमा मिनाले बताइन् । दुइबिबाह गरेकी उनकी आमा मिनाले उनलाइ आफसंगै बुटवल ल्याएकी थिइन भने उनका बुबा नरिश्वर खनाल हुन् । उनको खोजी गरिदिन परिवारजनले अपिल गरेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology