Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मीमा कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मीमा कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

  • 453
    SHARES

  • गुल्मीमा कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

    गुल्मी,भदौ १३ ।

    लगातारको वर्षाका कारण गुल्मीमा दुई मुख्य सडकहरु कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेका छन । कालीगण्डकी करिडोर सडक अन्र्तगत जिल्लाको कालीगण्डकी गाउँपालिका –२ स्थित राक्सेमा सडक माथिबाट पहिरो खसेपछि शुक्रबार बिहानदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    त्यसैगरी वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडकखण्ड पनि आज बिहानदेखि अवरुद्ध बनेको छ । उक्त सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका –६ स्थित डहरे खोलामा सडक माथिबाट लेदो सहितको बाढी आएपछि विहान ५ः५० बजेदेखि उक्त सडक पनि पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक भुपेन्द्र थापाले जानकारी दिनुभएको छ ।

    लगातारको वर्षाका कारण अवरुद्ध बनेका दुवै सडकहरु बिहिवार बेलुकीमात्र एकतर्फी रुपमा सञ्चालनमा आएको दश घण्टा नबित्दै पुनः अवरुद्ध बनेका हुन ।  सडक अवरुद्ध भएसँगै अहिले कालीगण्डकी करिडोर र रिडी –वामीटक्सार क्षेत्रमा दुवैतर्फका सवारी साधनहरु बिच बाटोमै अलपत्र परेका छन ।

    अवरुद्ध सडक सञ्चालन गर्न स्थानीय सडक निर्माण कम्पनी र गाउँपालिकाको सहयोगमा डोजर र स्काभेटर तयारी अबस्थामा राखिएको छ । पानी परिरहेको कारण पहरो हटाउन समस्या परेको प्रहरीले जनाएको छ । उक्त सडककहरु वर्षादको समयमा पटक पटक बन्द हुँदा त्यस क्षेत्रका नागरिकहरुले ठूदो सास्ती बोहोर्दै आईरहेका छन । जिल्लामा तीन दिनदेखि लगातार मध्यम वर्षा भैरहेको छ ।

    वर्षा भैरहेको कारण कुनै पनि समयमा जोखिम उत्पन्न हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले खोलाको टटीय क्षेत्र र पहिरोको जोखिम क्षेत्रका नागरिकहरुलाई सर्तकता अपनाउन र सुरक्षित स्थानमा वसोवास गर्न आग्रह गरेको छ । 

         

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology