Logo बिहिवार, आश्विन १ गते २०८३
images

अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने

अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने

  • 594
    SHARES

  • अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने

    काठमाडौँ,भदौ १३ । 

    सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने घोषणा गर्नुभएको छ ।

    निमित्तको भरमा सञ्चालन भइरहेका देशभरका दुईसय पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको जानकारी दिंदै उहाँले यो घोषणा गर्नुभएको हो ।

    सुशासनको मुख्य औजार कर्मचारी प्रशासन भएकाले यसलाई निरन्तर सुधार र परिमार्जन गर्ने काममा आफू लागिरहेको उहाँले फेसबुकमा लेख्नुभएको छ ।

    आफू मन्त्री बन्दै गर्दा सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने भनेर गरेको घोषणा कार्यान्वयन गरिएको उहाँको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology