Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२७ असोजमा बुटवल उद्योग वाणिज्य संघको ७२ औं साधारणसभा

२७ असोजमा बुटवल उद्योग वाणिज्य संघको ७२ औं साधारणसभा

  • 774
    SHARES

  • २७ असोजमा बुटवल उद्योग वाणिज्य संघको  ७२ औं साधारणसभा

    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभाको मिति तय गरिएको छ । कार्यसमिति बैठकले संघको ७२ औं वार्षिक साधारण सभा आगामी असोज २७ गते सोमबारका दिन गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले साधारण सभा तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । साधारण सभामा सहभागि सदस्यहरुलाई वितरण गर्ने किट व्याग व्यवस्थापनका लागि कार्यसमिति सदस्य जगन्नाथ न्यौपाने, खाना तथा खाजा व्यवस्थापनका लागि कार्यसमिति सदस्य उमेश अमात्य र स्वागत तथा सत्कारका लागि कार्यसमिति सदस्य रेनु श्रेष्ठलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

    त्यसैगरी मतसर्वेक्षणका लागि कार्यसमिति सदस्य सुनिता शर्मा वञ्जाडे, प्रस्ताव लेखनमा कार्यसमिति सदस्य कृष्णप्रसाद पाण्डे, मञ्च तथा हल व्यवस्थापनका लागि कार्यसमिति सदस्य निर्मित कसजू, निमन्त्रणा कार्ड व्यवस्थापनका लागि कार्यसमिति सदस्य काशिराम शर्मा पौडेल, पार्किङ व्यवस्थापनको लागि कार्यसमिति सदस्य टिकाराम वञ्जाडे र सौजन्य तथा सहयोग व्यवस्थापनको लागि कार्यसमिति सदस्य गणेशप्रसाद भट्टराईलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको हो । 

    ‘विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८०’ सच्चाउ : बुटवल उद्योग वाणिज्य संघ

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology