Logo बिहिवार, आश्विन १ गते २०८३
images

तीज नारीहरूको सामाजिक, सांस्कृतिक र भावनात्मक अभिव्यक्ति : रामकृष्ण खाँण

तीज नारीहरूको सामाजिक, सांस्कृतिक र भावनात्मक अभिव्यक्ति : रामकृष्ण खाँण

  • 2.0K
    SHARES

  • तीज नारीहरूको सामाजिक, सांस्कृतिक र भावनात्मक अभिव्यक्ति : रामकृष्ण खाँण

    बुटवल,भदौ ११ ।

    तिलोत्तमा वडा ४ को आयोजना तथा  टोल बिकास सस्था संजाल तिलोत्तमा ४ को ब्यवस्थापनमा खुल्ला तीज गीत कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम डिङ्गरनगरमा रहेको जनज्योति माध्यमिक विध्यालयको प्रांगणमा भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले तीज केवल धार्मिक पर्व मात्र नभई नेपाली महिलाहरूको सामाजिक, सांस्कृतिक र भावनात्मक अभिव्यक्तिको एउटा महत्वपूर्ण उत्सव भएको बताउनुभयो । उहाँले यसलाई सभ्य रूपमा मनाउन पनि आग्रह गर्नुभयो । IMG_4895.jpegIMG_4898.jpeg

    त्यस्तै  विशिष्ट अतिथि  तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरदेवी चौधरीले  नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिजलाइ भड्कीलो बनाउन नहुने बताउनुभयो । तिलोत्तमा ४ का वडा अध्यक्ष हरी बहादुर क्षेत्रीले हिन्दु महिलाहरूको महान् पर्व  तिजलाइ रमाइलो पर्व भएको यसको जगेर्ना गर्न कार्यक्रमको आयोजना गरीएको बताउनुभयो ।

    यस्ता खालका कार्यक्रमले सस्कृतीको संरक्षण गर्नुका साथै  बजारलाई चलायमान बनाउने बताउनुभयो । साथै उहाँले आगामी वर्षमा पनि तीज कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

    उक्त कार्यक्रममा तिलोत्तमा ४ का नवर्तमान अध्यक्ष तथा जनज्योति मा वि का विध्यालय व्यवस्थापन समितिका  अध्यक्ष दिवाकर ढकाल,पुर्व अध्यक्ष मानकाजी श्रेष्ठ ,आनन्दवन खानेपानी समुहका अध्यक्ष  किशोर कुमार क्षेत्री , प्रहरी ईन्सपेक्टर रमेश बहादुर कुवर  ,जेष्ठ नागरिक ,विभिन्न टोलका आमासमुहरू तथा समाजसेवीहरुको सहभागिता रहेको थियो ।IMG_4904.jpeg

    कार्यक्रममा दिनभर महिला दिदीबहिनीहरूले मौलिक भाकामा तिज गित गाएर नाचेर रमाइलो गरेका थिए ।

    तिलोत्तमा ४ वडा टोल बिकास सस्था संजालका अध्यक्ष बसन्त गोधारको संम्योजनमा भएको कार्यक्रममा ,  तिलोत्तमा  ४ कि वडा सदस्य  रम्भा घिमिरेको स्वागत मन्तव्य गर्नुभएको थियो भने तिलोत्तमा ४ का वडा सचिव काशिराम ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology