Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

निजी प्राविधिक शिक्षालय महासंघको आठौं महाधिवेशन बुटवलमा

निजी प्राविधिक शिक्षालय महासंघको आठौं महाधिवेशन बुटवलमा

  • 2.6K
    SHARES

  • निजी प्राविधिक शिक्षालय महासंघको आठौं महाधिवेशन बुटवलमा

    बुटवल,माघ १८-

    निजी प्राविधिक शिक्षालय महासंघ नेपालको आठौं महाधिवेशन तथा केन्द्रीय भेला बुटवलमा सुरु भएको छ ।

    भेलामा सिएमए, अनमी, ल्याब असिस्टेन्टलगायतका विषय अध्ययन हुने शिक्षालयका प्रतिनिधिहरु सहभागी रहेको निजी प्राविधिक शिक्षालय महासंघ नेपालका अध्यक्ष बसन्तराज खनालले बताए ।

    सो भेलाको उद्घाटन गर्दै सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले केही समयदेखि निजी प्राविधिक शिक्षालयमा देखिएका समस्या छिट्टै समाधान हुने बताए ।

    यस्ता शिक्षालयका पीडा र सर्वसाधारणले पाउने प्राविधिक शिक्षाका विषयमा स्तरवृद्धिको काम कोभिडका कारण ढिलाई भएकाले अब तत्काल सुधार हुने उनले बताए ।

    सरकारले चिकित्सा शिक्षा ऐन ल्याएपछि देशभरका यस्ता ४ सय विद्यालयले प्राविधिक शिक्षा संचालन गर्न नपाएको अवस्थामा उनले यस्तो बताएका हुन् ।

    लुम्बिनी प्रदेशबाट कुल २९ वटा यस्ता शिक्षालय संगठित भएको महासंघका केन्द्रीय सचिव भुवन जोशीले जानकारी दिए । देशभरका यस्ता प्राविधिक शिक्षालयमा करिब १० अरब लगानी भएको र वार्षिक ८ करोड कर बुझाइरहेको महासंघका सचिव जोशीले बताए ।

    कार्यक्रममा नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालले शिक्षालय संचालनका कानुनी समस्या हटाएर छिटो चलाउने वातावरण बनाउन माग गरे ।

    कार्यक्रममा शिक्षालयका संस्थापक अध्यक्ष दुर्गाप्रसाद उप्रेती, पूर्वअध्यक्ष शैलेन्द्र मोहन झालगायतले सरकारी नीतिका कारण अरबौंको लगानीमा रहेका शिक्षालय अस्तव्यस्त बनेको गुनासो गरेका थिए । भेला नयाँ नेतृत्व चयन गर्दै सकिनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology