Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

जी ट्वान्टि फाइभ क्लवले मुटु तथा मृगौला बिरामीहरुलाई खुवायो तीजको दर

जी ट्वान्टि फाइभ क्लवले मुटु तथा मृगौला बिरामीहरुलाई खुवायो तीजको दर

  • 1.6K
    SHARES

  • जी ट्वान्टि फाइभ  क्लवले मुटु तथा मृगौला बिरामीहरुलाई खुवायो तीजको दर

     बुटवल,भदौ ८ ।

    जी ट्वान्टि फाइभ  क्लव बुटवल ११ देवीनगरले मुटु तथा मृगौला बिरामीहरुलाई तीजको अबसमा दर खुबाएको छ ।  बुटवल १० मा रहेको मुटु तथा मृगौला सरोकार समाजको कार्यालयमा पुगेर उनीहरुलाइ आज दर खवाइएको जी २५ क्लबका अध्यक्ष जगदीश न्यौपानेले बताउनुभयो ।

    सो कार्यक्रममा मृगौला तथा मुटु सरोकार समाजका लुम्बिनी प्रदेश अध्यक्ष , उपाध्यक्ष लगायत क्लबका संस्थापक अध्यक्ष, मार्गदर्शक, सल्लाहाकार , कार्यसमितीका सम्पुर्ण साथीहरु एवं उपस्थित क्लबका आजीबन सदस्यहरुको सहभागिता रहेको महासचिव किशोर पंगेनीले जानकारी दिनुभयो ।87ee983c-6886-4fd8-9a70-a9bf22f598ab.jpeg

    देबीनगर चौपारीमा तीज गीत कार्यक्रमको तयारी तिब्र :

    यसैबिच क्लवले हरितालिका तीजका अवसरमा भब्य तिजगित कार्यक्रम गर्न लागेको छ हरेक बर्ष जस्तै यसबर्ष पनि देबीनगर चौपारीमा भदौ १० गते बिहान ११ बजेदेखि तीज गित कार्यक्रम राखिएको कार्यक्रम संयोजक तेजेन्द्र खनालले जानकारी दिनुभयो ।

    कार्यक्रमको तयारी तिब्र पारिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology