बुटवल,भदौ ६ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ६ वडा कार्यालय , अन्नपूर्ण माध्यामिक विद्यालय बुटवल तथा महिला समानताका लागि संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो मुक्ती ९५ थोप्लो ५ बुटवलकोसंयूक्त आयोजनामा सामाजिक सचेतना विषयक नगरस्तरिय तीजगीत प्रतियोगिता २०८२ सम्पन्न भएको छ।
प्रतियोगितामा प्रथम सहनशिल आमा समूह बुटवल ६ ,द्धितिय प्रतियोगी समूह बुटवल ७ ,तृतिय प्रतियोगी समूह बुटवल १० स्थान हासिल गरेको छ । प्रथम द्धितिय तृतिय हुने समूहले क्रमश १५ हजार र प्रमाणपत्र, १० हजार र प्रमाणपत्र ,.७ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी समूहलाई प्रोत्साहन स्वरुप सहभागी सबै समुहलाई १ हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं ६ को आयोजना , अन्न्नपूर्ण माध्यमिक बिद्यालय र रेडियो मुक्तीको सहकार्यमा सम्पन्न प्रतयोगितामा बिजेता भएका टोलिलाई बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, बिद्यालयका प्राचार्य मित्रमण्ी आचार्य, रेडियो मुक्तीका उपाध्यक्ष कबिता अर्याल, निबर्तमान अध्यक्ष , सल्लाहकार गुमादेबि आचार्य जनप्रतिनीधिले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगितामा १२ टोलि सहभागी भएका थिए ।
कार्यक्रमका प्रमुख अथिति तथा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले तिजलाई एक दुई ठाउमा मात्रै आयोजना गर्नुपर्ने बताउदै समय ब्यस्त हुदा कार्यलयका काम रोकिने अवस्था आएको बताउनुभयो ।
कार्यक्रम विशिष्ट अथिति तथा उपप्रमुख साबित्रादेबि अर्यालले अब लोकतन्त्र र अधिकारलाई समेटेर तिजका गित गाउनुपर्ने बताउनुभयो । उहाँले तीज एउटा महिलाको शघर्षको पर्व भएकाले अवसरका रुपमा लिनुपर्ने बताउनुभयो ।
तीजको मौलिक संस्कृति स्थापित गर्न र सामाजिक सचेतना अभिबृद्धि गर्न कार्यक्रम संचालन गरेकोे बुटवल उपमहानगरपालिका वडा नं ६का वडा अध्यक्षलोकनाथ न्यौपानेले बताउनुभयो ।
कार्यक्रममा वातावरणीय सुन्दर नेपाल प्रालि,सफ्टी हाइजिन प्रा.लि,ग्लोबल आईएमई बैक शाखा कार्यालय राममन्दिर लाईनको सहकार्यरहेको थियो ।
लोक तथा दोहारी गित प्रतिष्ठान लुम्बिनी प्रदेशका सचिव लोक तथा दोहोरी गायक योगराज पोख्रेल संयोजक र सदस्यमा गायिका रितु थापा ,निर्णायक समितिका सदस्य शिक्षक राधा पन्थी रहनुभएको थियो ।
सामुदायिक रेडियो मुक्ति बुटवलका स्टेशन म्यानेजर कल्पना तिवारी र समाचार प्रमुख अस्मिना पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)