बुटवल,भदौ ६ ।
छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको समन्वय तथा सहजीकरणमा छत्रदेव गाउँपालिका–५ नं. वडा कार्यालयले रुपन्देही जिल्ला तथा आसपासमा बसोबास गर्ने लाभग्राहीहरुलाई लक्षित गरी दुई दिने एकीकृत शिविर सम्पन्न गरेको छ ।
सिद्धार्थ इन्टरनेशनल कलेज, मिलनचोक बुटवलमा आयोजित उक्त शिविरमार्फत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, जेष्ठ नागरिक एकल महिला, असहाय एकल महिला, पूर्ण अपाङ्गता, अति अशक्त अपाङ्गता तथा बालबालिकाको बाल पोषण भत्तामा सूचीकृत नागरिकहरुको आर्थिक वर्ष २०८२/०८३ को नविकरण कार्य सम्पन्न गरिएको हो।
शिविरमा छत्रदेव गाउँपालिका–५ का सम्पूर्ण लाभग्राहीले सेवा प्राप्त गर्नुका साथै छिमेकी वडाका बासिन्दाले समेत सेवा लिएको वडा कार्यालयले जनाएको छ।

कार्यक्रम समाजका सम्पूर्ण कार्यसमिति, सल्लाहकार, वडा अध्यक्ष बालकृष्ण पोखरेल, वडा सचिव तथा अन्य जनप्रतिनिधिहरुको सक्रिय सहभागितामा सम्पन्न भएको थियो ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सिद्धार्थ इन्टरनेशनल कलेज, वडा कार्यालयका प्रतिनिधि, कार्यसमिति सदस्य, सल्लाहकार लगायत सम्पूर्ण सेवाग्राहीहरुलाई समाजका अध्यक्ष सिद्धार्थ पन्थीले विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)