फिनल्याण्ड,भदौ ५ ।
फिनल्याण्डको राजधानीमा रहेको पशुपतिनाथको मन्दिरमा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सानो तिज कार्यक्रम सम्पन्न भएको छ ।
पशुपतीनाथ मन्दिर फिनल्यान्डले साउन ३१ गते आयोजना गरेको कार्यक्रममानेपाली बुवा आमालाइ पनि सम्मान गरिएको छ ।
कार्यक्रममा पन्चेबाजा सङ्गै बाल कृष्ण झाकी पनि देखाइएको अध्यक्ष पुनाराम भण्डारीले जानकारी दिनुभयो ।
सो कार्यक्रममा हेल्सी नगर प्रमुख समिती सदस्य कृष्ण रेग्मी लगायतले बोल्नुभयो । कार्यक्रममा करिब ५०० जनाको सहभागिता थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)