बुटवल,
उत्तम टोल बिकास संस्था बुटवल १२ नयागाउको आयोजनामा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
टोल संस्थाका अध्यक्ष बिष्णु पौडेल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमख अतिथि बुटवल उपमहानगरपालिका वडा १२ का सदस्य गंगादत्त पौडेलले तीजको पहिचान र सस्कृति बचाउदै जानुपर्ने बताउनुभयो ।
उहाले तिजलाई नारीको बेदना पोख्ने खुसीको पर्व बनाउनुपर्ने बताउनुभयो ।
सो अवसरमा जनप्रतिनिधि गंगा बिक,नयागाउ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष मिना जिसी ,
तोरीबारी टोल बिकास संस्थाकी अध्यक्ष राधिका भुसाल,नयागाउ टोल बिकास संस्थाका अध्यक्ष चोपकला पौडेल,उत्तम
टोल बिकास संस्थाका उपाध्यक्ष इश्वरा भुसाल ,लेखा समिति सदस्य पारू भण्डारी लगायतले बोल्दै तिज पर्वको शुभकामना आदानप्रदान गरेका थिए ।
उत्तम टोल बिकास संस्थामा २२५ जना सदस्य आबद्ध रहेको र सामाजिक काम गरिरहेको अध्यक्ष बिष्णु पौडेल क्षेत्रीले बताउनुभयो ।
एउटै पोसाकमा उपस्थित भएका दिदिबहिनीहरूले भड्किलो तिज मनाउन नहुने भन्दै आफ्नै टोलमा मौलिक गित गाएर नाचगान गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)