Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवलमा १ सय जना दुर्लभ रक्तदाताहरुको भेला,रगत व्यवस्थापनमा अग्रसर हुनुपर्नेमा जाेड

बुटवलमा १ सय जना दुर्लभ रक्तदाताहरुको भेला,रगत व्यवस्थापनमा अग्रसर हुनुपर्नेमा जाेड

  • 3.1K
    SHARES

  • बुटवलमा १ सय जना दुर्लभ रक्तदाताहरुको भेला,रगत व्यवस्थापनमा अग्रसर हुनुपर्नेमा जाेड

    बुटवल,माघ १८-

    नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा आज बुटवलमा (दुर्लभ नेगेटिभ) रक्तदाताहरुको भेला सम्पन्न भएकाे छ ।

    संस्थाको अध्यक्ष कृष्ण चौहान क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १०० जना दुर्लभ रक्तदाताहरुको उपस्थिति रहेको थियो।

    सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाराजेन्द्र बस्यालको प्रमुख आतिथ्यता र बालरोग विशेषज्ञ डा.सन्तोष पोख्रेलको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका महासचिव उदयराज भट्टराईले गर्नुभएको थियाे।

    रक्तसञ्चार सेवा केन्द्र बुटवलका सदस्य सचिव तथा ल्याव ईञ्चार्ज जोग बहादुर गुरुङले १५ बर्ष अगाडि एबी नेगेटिभ रगत आवश्यक पर्दा धरान गएर ल्याएको स्मरण गर्दै रुपन्देहीमा नेपाल स्वयम्सेवी रक्तदाता समाज  गठन भएपछि नेगेटिभ रगत व्यवस्थापनमा सहज भएको धारणा व्यक्त गर्नुभयो।

    डा.सन्तोष पोख्रेलले रगतको विकल्प नहुँदासम्म स्वयंसेवी रक्तदाताहरु नै रगत व्यवस्थापनमा अग्रसर हुनुपर्ने बताउनुभयाे ।

    नेपाली कांग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले सरकारले गर्न नसकेको काम यस समाजले गरेको बताउँदै रगत नपाए बुटवल जानू भनाई सार्थक भएको बताउनुभयो।blood.jpg

    कार्यक्रममा दुर्लभ रक्तदाताहरुको तर्फबाट नेपाल रेडक्रस सोसाईटि गुल्मी शाखाका उपमन्त्री तथा दुर्लभ रक्तदाता महेन्द्र भण्डारी,ए नेगेटिभ रक्तदाता किशोर पंगेनी,ब्द्य नेगेटिभ रक्तदाता मिनाक्षी न्यौपाने लगायतले शुभकामना व्यक्त गर्दै  रगत व्यवस्थापनमा सदैव क्रियाशील रहने धारणा गर्नुभयो।समाजका सल्लाहकार लक्ष्मण क्षेत्रीको समेत उपस्थिति रहेको थियो।

    कार्यक्रममा सबै दुर्लभ रक्तदाताहरुको परिचय कार्यक्रम समेत राखिएको थियो।कार्यक्रममा उपाध्यक्ष भीष्म केसी ले स्वागत मन्तव्य राख्नुभएको थियो।कार्यक्रम संयोजन समाजको सदस्य भगवती अर्यालले गर्नुभएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology