बुटवल,भदौ ४ ।
बुटवलमा एकमहिने स्वस्थ मुख महाअभियान सुरु गरिएको छ । अभियानको एक विशेष समारोहका बीच बुधबारउद्घाटन गरिएको हो ।
‘पैसाको अभावमा कसैले दन्त पीडा सहन नपरोस्, पैसाको अभावमा कोही मुस्कुराउन नछुटोस्’ भन्ने नारासहितमुखको निःशुल्क परीक्षण गर्ने, गिंजा र दाँत सफा गर्ने, ब्रस गर्ने सही तरिका सिकाइनेछ ।
एक महिनामा ३० हजार जनालाई मुखको स्वास्थ्य र दन्त परीक्षणबारे सचेत बनाउने गरी अभियान थालिएको हो ।आधुनिक समाज विकास फाउन्डेसनले आधुनिक समाज डेन्टल केयर प्रालि, लायन्स क्लब अफ रूपन्देही, रोटरीक्लब अफ लुम्बिनी स्टार्स, दारी ग्याङलगायत क्लबको सहकार्यमा अभियान चलाएको हो ।
अभियान अन्तर्गत रूपन्देहीका १६ पालिकाभित्रका संघ–संस्थाका अगुवालाई दैनिक रूपमा मुखको स्वास्थ्यबारेप्रशिक्षण दिइने आधुनिक समाज विकास फाउन्डेसनका अध्यक्ष अमृत भुसालले बताए । दन्तरोग विशेषज्ञ सुनिलखरेलको अगुवाइमा उपचार हुनेछ ।
स्वस्थ मुख महाअभियानमा राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, लेखक, शिक्षक, बुद्धिजीवी, व्यावसायिक संघ–संस्था, सञ्चारकर्मी, युवा क्लब लगायत सबैको सहभागिता रहनेछ । जसमा प्रत्येकदिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तीन दन्त चिकित्सक र प्राविधिक टिमसहित निःशुल्क सेवा दिइनेछ ।
चिकित्सकहरूका अनुसार मुख स्वास्थ्य उपचारले शरीरमा लाग्ने ५० प्रतिशत रोगलाई न्यूनीकरण गर्न सकिन्छ ।लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ पी नेपालका गभर्नर बालाराम भट्टराईले सामाजिक उत्तरदायित्व बहन गर्न रउपचारको पहुँचबाट टाढा रहेकालाई उपचारको पहुँचमा ल्याउन स्वस्थ मुख महाअभियानमा लागेको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)