Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

नेपाली कांग्रेस बुटवल ४ को आयोजनामा तीजमिलन

नेपाली कांग्रेस बुटवल ४ को आयोजनामा तीजमिलन

  • 2.8K
    SHARES

  • नेपाली कांग्रेस बुटवल ४ को आयोजनामा तीजमिलन

    बुटवल,भदौ ३ ।

    नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा न ४ वडासमितिको आयोजनामा तीजमिलन कार्यक्रम सम्पन्न भएको छ ।

    वडासभापति अरूण कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा नेपाली कांग्रेस प्रमुख सचेतक एवं महासमिति सदस्य जमुना ढकालले तिज कार्यक्रम राखेरसबै चेलीलाइ माइतीको सम्झना गराउनुभएकोमा धन्यवाद दिनुभयो ।IMG_4153.jpeg

    उहाले आधुनिक बुटवलको बिकासमा स्वर्गिय सुर्यप्रसाद प्रधानको अतुलनीय भुमिका रहेको स्मरण गर्नुभयो । उहाले तिजलाइ सांस्कृतिक ढंगले नै मनाउनुपर्ने बताउनुभयो ।

    क्षेत्रिय सभापति प्रजापाल गिरीले तीज महिलाहरूलाइ खुसी बनाउने पर्व भएको भन्दै सधै नारी शक्तिको सम्मान गर्नुपर्ने बताउनुभयो ।

    सो अवसरमा नेपाली कांग्रेस नगर सभापति एवं बुटवल नगर प्रमुख खेलराज पाण्डेयले बुटवल वडा न ४ को बाढि पहिरो रोकथामा ६ करोड बजेट खर्च गरिसकेको र अझै सवा अरब रकम आवश्यक हुने बताउनुभयो। वडा ४ का सभापति अरूणकुमार श्रेष्ठले आफ्नो तेस्रो कार्यकालसम्म पनि हरेक पटक तीजमिलनलाइ निन्तरता दिएको बताउनुभयो ।

    सो अवसरमा नेपाली कांग्रेस नगर सचिव गंगा पन्थी,क्षेत्रिय प्रतिनिधि अर्जुन रानाभाट ,रमा न्यौपाने महिला संघ वडा सभापति,कान्ति माबिका अध्यक्ष जीवनप्रसाद ओझा ,कांग्रेस वडा सहसचिव तथा कार्यक्रम संयोजक गोमा पोखरेल श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

    कार्यक्रममा उपस्थिति दिदिबहिनी तथा अतिथिहरू दिनभर नाचगान गरेर रमाइलो गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, भाद्र ३ २०८२०२:५७:३२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology